अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना

सारांश

  • पेरिस ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गरेको समाचार छ ।
  • उनको यो भ्रमणपूर्व अमेरिकामा उनको निर्वाचनताकाको विवाद सुरु भएको थियो ।

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गरेको समाचार छ । उनको यो भ्रमणपूर्व अमेरिकामा उनको निर्वाचनताकाको विवाद सुरु भएको थियो । अधिकारीहरुले भने उनले सो विवादको निरुपणको बारेमा केही नसोची बिहीबार नै आफ्नो पहिलो र औपचारिक भ्रमणका लागि फ्रान्सतर्फ लागेको बताएका छन् । फ्रान्सको एक विशेष दिवसमा उनलाई मानार्थ प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सो पर्वका लागि उनी फ्रान्स गएको बताइएको छ ।

फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा उनी त्यसतर्फ लागेको बताइएको छ । उनले सो भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्ने बताइएको छ । फ्रान्सेली राष्ट्रपति ३९ बर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब छ हप्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो देशमा विशेष स्वागत गर्दै छन् । फ्रान्समा केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएको थियो । फ्रान्सको पेरिसमा गतवर्ष सम्पन्न पेरिस सम्झौतामा अमेरिकाको विरोध रह्यो । सोही कारण उनको विरोध भएको थियो ।

त्यसैगरी गत हप्तामात्र पनि जि२० को सम्मेलनमा विश्वका जि२० आबद्ध शक्ति राष्ट्रहरुले पेरिस सम्झौता कार्यान्वयनमा सहमति जनाए पनि राष्ट्रपति ट्रम्पले भने त्यसमा सहमति जनाएका छैनन् । यसरी पछिल्लो समयमा अमेरिका र फ्रान्सबीच यी र यस्तै कतिपय अनुत्तरित विवादहरु रहेका छन् । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले फ्रान्सको विशेष अतिथिका रुपमा फ्रान्सको भ्रमण गर्न लागेका छन् । उता अमेरिकामा रुससँगको विवादलाई टुंगोमा नपुराई उनले यो भ्रमण गर्न लागेको भनी टिका टिप्पणी गरिएको छ ।

राष्ट्रपति ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका छन् र उनले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरेका छन् । ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गरेका छन् । ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गरेका छन् । उनले ती मेलहरु सार्वजनिक गरेर आफ्नो छोराले पारदर्शी काम गरेको बताएका छन् । गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको सो मेलमा लेखएिको छ ।

राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गरेको समाचारपछि अमेरिकामा यो इमेल काण्डलाई के कसरी लिइन्छ भन्ने बहसकाबीच उनको यो बचाउ आएको थियो । तर यही विवादकाबीच उनको फ्रान्सको भ्रमण सुरु भएकोले अमेरिकामा यस भ्रमणको पनि चर्चा सुुरु भएको अर्को एक समाचारमा जनाइएको छ । उक्त विवादलाई टुंगोमा नपुर्याइ सो भ्रमण सुरु भएको भनी उनको आलोचना गरिएको अमेरिकाबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?