सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश

सारांश

  • अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीको सन्देश काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
  • अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको संज्ञा दिंदै विश्वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीवहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना प्रकट भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीको सन्देश

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको संज्ञा दिंदै विश्वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीवहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना प्रकट भएको छ ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार तीव्र गतिमा अघि बढेको उल्लेख गरेका छन् । “वर्तमान सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दै लैजान कटिवद्ध छ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास एवं श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्दै श्रम सम्बन्धलाई व्यवस्थित गर्न आफू प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सन्देश छ ।

“राजनीतिक–सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक–सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

सरकारले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा छ । “श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छ ।”

“पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक बर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।”

प्रधानमन्त्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी वेरोजगारहरुको पहिचान र सूचिकरण गर्ने काम भइरहेको उल्लेख छ ।

रोजगार सेवा केन्द्रमा सूचिकृत भएका वेरोजगार व्यक्तिहरुलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको समेत जानकारी दिंदै “न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक वेरोजगार परिवारका लागि एकजना श्रमिकलाई एक सय दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यन्वयन गर्न समेत कार्य प्रारम्भ भइसकेको छ” सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?