म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

सारांश

  • गलेश्वर ।
  • वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ ।
  • आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन ।

गलेश्वर । वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ ।

आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

“अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, उनले भने। आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए ।

“मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौँ, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन”, उनले भने । घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए । “सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ”, उनले भने ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ । आइतबार दिउँसो सामान्य वर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो ।

यसैबीच यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए ।

आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ । घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरेले बताए । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढायोः गृहसचिव
उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढायोः गृहसचिव
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
मुम्बईमा  पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मुम्बईमा पाँच तले भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
नेपालमा पर्यटन क्षेत्रको भविश्य
नेपालमा पर्यटन क्षेत्रको भविश्य
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा