पर्यटक प्रवद्र्धन अभियान चलाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पर्यटक प्रवद्र्धन अभियान चलाइने

सारांश

  • नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ ।
  • विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।
  • क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो ।

सौराहामा लामो समयदेखि होटलले एउटै खाले सेवा दिइरहेकाले सौराहामा आकर्षण बढ्न सकेको छैन । नयाँ वर्षको समयमा सौराहामा कोठा नपाएर आन्तरिक पर्यटक फर्किन्छन् तर अन्य समयमा सुनसानजस्तै हुन्छ । त्यसैले बाह्रैमास पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न नयाँ प्याकेज ल्याउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

“सौराहामा धेरै पर्यटक राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “नयाँ प्याकेज ल्याए मात्रै बाह्रैमास पर्यटक सौराहा भित्र्याउन सकिन्छ ।” सौराहामा पर्यटकलाई हात्ती तथा जीप सफारी, थारू संस्कृति अवलोकन र जङ्गल पदयात्रालगायतका प्याकेज मात्रै छ । विगत वर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै कार्यक्रम गरिएको छैन ।

पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना व्यवसायीको छ । सौरहामा हाल साना ठूला गरी ११० होटल छन् । यहाँ वार्षिक दुई लाख पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
यस्तो छ तपाइँको आज भाग्य
यस्तो छ तपाइँको आज भाग्य
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
पहिरोले फेरि मुग्लिङ–नारायणगढ सडकखण्ड बन्द
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का
वातावरण संरक्षणका लागि बुटिक चौतारी
वातावरण संरक्षणका लागि बुटिक चौतारी

तपाईंले छुटाउनुभयो कि?