देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी

सारांश

  • देउवाको शासनकालमा बरिष्ठतालाई मिच्ने परम्परा नेपाल प्रहरीमा मात्र होइन, निजामतीमा पनि हुन लागेको छ ।
  • त्यसका लागि एशियाली विकास बैंकमा नेपालको तर्फबाट बैकल्पिक निर्देशकमा नियुक्त भएका मुख्यसचिव सोमलाल सुवेदीलाई असार २८ अघि नै राजीनामा दिन दबाब परेको छ ।
  • कनिष्ट सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउनका लागि मुख्यसचिव सुवेदीलाई असार २८ अगाडि नै राजीनामा दिन दबाब परेको हो ।

देउवाको शासनकालमा बरिष्ठतालाई मिच्ने परम्परा नेपाल प्रहरीमा मात्र होइन, निजामतीमा पनि हुन लागेको छ । त्यसका लागि एशियाली विकास बैंकमा नेपालको तर्फबाट बैकल्पिक निर्देशकमा नियुक्त भएका मुख्यसचिव सोमलाल सुवेदीलाई असार २८ अघि नै राजीनामा दिन दबाब परेको छ । कनिष्ट सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउनका लागि मुख्यसचिव सुवेदीलाई असार २८ अगाडि नै राजीनामा दिन दबाब परेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङलाई ४ महिना मुख्यसचिव बनाएर त्यसपछि गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई ल्याउनका लागि सुवेदीलाई राजीनामा दिन तीव्र दबाब परेको स्रोतले बताएको छ । यदि मुख्यसचिव सुवेदीले असार २८ पछि दिए तामाङ मुख्यसचिव हुन पाउने छैनन् ।
असार २८ मा उनी सचिवको ५ बर्षे पदावधिका कारण अवकाश हुनेछन् । असार २८ अगाडि मुख्यसचिव सुवेदीलाई राजीनामा गर्न लगाएर तामाङलाई मुख्य सचिव बनाउने र आगामी मंसिरमा तामाङ उमेरका कारण अवकाश भएपछि रेग्मीलाई ल्याउने खेलमा प्रधानमन्त्री शेरबहादुर देउवा नै सक्रिय छन् । पूर्व गृहमन्त्री विमलेन्द्र निधिका कुरा सबै बुढानीलकन्ठ दरबारमा पु¥याएको र उतैको निर्देशनमा काम गरेको पुरस्कारस्वरुप रेग्मीलाई मुख्यसचिव बनाउनकै लागि आरजु देउवाले मुख्यसचिव सुवेदीलाई एडीबीको निर्देशकमा नियुक्ति दिएको खुलासा भएको छ । आरजुकै डिजाइनमा गृहमा काम गरेकाले उनलाई मुख्यसचिव बनाउनेगरी तत्काल तामाङलाई बनाउन लागिएको छ । इन्जीनियर तामाङ प्रशासनिक क्षमता शून्य मानिन्छन् । उनी मन्त्रीको आदेश पालक मात्र हुने सचिव हुन् । तामाङलाई मुख्यसचिव बनाएपछि यसबीचमा मुख्यसचिवका दाबेदार सचिवहरु शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठहरु आगामी मंसिरसम्म अवकाश हुनेछन् । त्यसपछि बरिष्ठताका आधारमा लोकदर्शन रेग्मी, ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी रहनेछन् । उत्कृष्ट निजामती पुरस्कार पाएका शान्तराज सुवेदीलाई मुख्यसचिव बन्नबाट रोक्नका लागि तामाङलाई मोहरा बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
मुख्यसचिव सुवेदीलाई पनि सचिव रेग्मीले प्रभावमा पारी असार २८ अघि नै राजीनामा दिने वातावरण मिलाएको चर्चा प्रशासन क्षेत्रमा छ । आरजु देउवा कुनै हालतमा पनि रेग्मीलाई मुख्यसचिव बनाउने खेलमा लागेकी छिन् । मुख्यसचिव सुवेदीले दबाब थेग्न नसकेर २६ गतेका लागि एडीबीको प्रधान कार्यालय मनिलाका लागि असार २६ गते नै टिकट लिएको हल्ला पनि चलेको छ । यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले उनले टिकट लिइनसकेको दाबी गरेको छ ।
उनी आगामी जुलाई १६(साउन) २ देखि लागू हुनेगरी केही महिनाअघि एशियाली विकास बैैंकको वैकल्पिक निर्देशक पदमा नियुक्ति भएका थिए । मुख्यसचिव सुवेदीको कार्यकाल एक बर्ष छ ।  २०७५ साउन २२ गतेमात्र उनको ३ बर्ष पुग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?