फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ
सारांश
- काठमाडौं ।
- नेपाल आयल निगमले फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ बढाएको छ ।
- बढाइएको मूल्य आज रातिदेखि लागू भैसकेको छ ।
काठमाडौं । नेपाल आयल निगमले फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ बढाएको छ । बढाइएको मूल्य आज रातिदेखि लागू भैसकेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । मूल्य वृद्धिसँगै पेट्रोलको १११ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ।
भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मटितेल र ग्यासमा मूल्य बढेको हो ।
निगमका अनुसार मूल्य समायोजन गरी पेट्रोलको प्रतिलिटर खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम गरेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया