भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई

सारांश

  • काठमाडौं।
  • भारतले दोस्रो टेष्टमा २५७ रनको फराकिलो जितसहित वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट सिरिज २–० ले क्लिनस्वीप गरेको छ।
  • किंगस्टनमा भएको खेलमा चौथो दिनमै सोमबार राति जित निकाल्ने क्रममा भारतले ४६८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजलाई २१० रनमा रोकेको हो ।

काठमाडौं। भारतले दोस्रो टेष्टमा २५७ रनको फराकिलो जितसहित वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट सिरिज २–० ले क्लिनस्वीप गरेको छ।

किंगस्टनमा भएको खेलमा चौथो दिनमै सोमबार राति जित निकाल्ने क्रममा भारतले ४६८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजलाई २१० रनमा रोकेको हो ।

समार ब्रुक्सले ५० रन बनाएको इनिङमा रविन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिए। पहिलो इनिङमा ह्याट्रिकसहित ६ विकेट लिएका जसप्रित बुमराहले १ विकेट मात्रै लिए।

यसअघि भारतले हनुमा विहारीको १११ रनको मद्धत र कप्तान विराट कोहलीको ७६ रनको सहयोग तथा इशान्त शर्माको रोचक ५७ रनको प्रदर्शनका कारण ४१६ रन बनाएको थियो।

जवाफमा वेष्ट इन्डिज ११७ रनमा रोकिएको थियो। भारतले दोस्रो इनिङमा ४ विकेटको नोक्सानीमा १६८ रन बनाएर इनिङ समाप्ति गरेको थियो। विहारीले नटआउट ५३ र अजिन्क्या रहानेले नटआउट ६४ रन बनाएका थिए।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत भइरहेको प्रतियोगितामा भारतले वेष्ट इन्डिजमाथि २–० को जितसहित ६० अंक जोडेको छ । वेष्ट इन्डिजले १ अंक पनि बटुल्न सकेन। २०२१ मा फाइनल हुनेछ । जसमा ९ टिमबीच भिडन्त भइरहेको छ ।

भारत–वेष्ट इन्डिज समीकरण
भारतले पहिलो पटक वेष्ट इन्डिजलाई लगातार चार टेष्टमा हराएको छ । यसअघि सन् २०१३ र २०१६ मा लगातार तीन टेष्टमा भारतले हराएको थियो।

भारतको वेष्ट इन्डिजविरुद्ध लगातार ८ औं टेष्ट सिरिज हो। सन् २००२ पछि वेष्ट इन्डिजले भारतलाई हराउन सकेको छैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?