बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
सारांश
- नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय डा.
- बाबुराम भट्टराई र उपेन्द्र यादवले अब ११ प्रदेशको मुद्दा व्युँताउने बताएका छन् ।
- समाजवादी पार्टी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार केही समय सरकारमा रहने र ११ प्रदेशको मुद्दा व्युँताउने भट्टराई–यादवको भित्रि सहमति रहेको छ ।
नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले अब ११ प्रदेशको मुद्दा व्युँताउने बताएका छन् । समाजवादी पार्टी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार केही समय सरकारमा रहने र ११ प्रदेशको मुद्दा व्युँताउने भट्टराई–यादवको भित्रि सहमति रहेको छ । उनीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्यमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पनि व्यँुताउने भित्री तयारी गरिरहेको पनि श्रोतले दावी गरेको छ ।
समाजवादी पार्टीका एक नेताले भने,‘हाम्रो पार्टी केही समय सरकारमै ररिरहन्छ । संसदको यो चौथो अधिवेशन भदौसम्म चल्छ, यो अधिवेशनभित्रपनि संविधान संशोधन दर्ता भएन भने पार्टीको बैठक बसेर हामी सरकार छोड्ने निर्णय गर्छौं ।’
संविधान संशोधनबारे नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबाट केही नहुने भट्टराई र यादवको निश्कर्ष छ । अब दुवै अध्यक्ष संगठन विस्तारमा जुट्ने कार्यक्रमसमेत तय भएको छ । आगामी निर्वाचनसम्म पार्टीलाई पहिलो बनाउनेगरि उनीहरु संगठन विस्तारमा जुटेका छन् । यादवले त कम्युनिष्टको विकल्पको रुपमा पार्टीलाई अघि बढाउने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया