डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
४१ पटक हेरिएको
Shares
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा

सारांश

  • प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताएका छन् ।
  • मंगलबार डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने बताए ।
  • उनले भने, ‘म प्रधानमन्त्री भएको छु ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताएका छन् । मंगलबार डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने बताए ।

उनले भने, ‘म प्रधानमन्त्री भएको छु । सबैभन्दा बढी बजेट यहाँ राख्ने छु । पूर्वाधार बन्यो भने भोलि यहाँ सुदूरपश्चिमको राजधानी सार्न सकिन्छ ।’ भौतिक संरचना नभएकाले प्रदेश राजधानी डडेल्धुरामा ल्याउन नसकिएको भन्दै भोलि ल्याउन सकिने बताए । विपक्षीले डडेल्धुरालाई राजधानी बनाउछु भनेर आश्वासन मात्र दिएको आफूमाथि लागेको आरोपको देउवाले खण्डन गरे । ‘पालमुनि कही सभासदको हल बन्छ रु यति त बुझ्नु पर्यो नि रु यस्ता झुटा बोल्ने मान्छेलाई मैले के भन्ने रु यस्ता फटाहसँग के भन्ने मैले रु,’ देउवा आक्रोशित सुनिए ।

देउवाले अब छिट्टै डडेल्धुरामा मेडिकल कलेज, एयरपोर्ट र बसपार्क बनाइने प्रतिबद्धता व्यक्त गरे । ‘डडेल्धुरामा मेडिकल कलेज बन्छ । डडेल्धुराको अजयमेरू गाउँपालिका– १ पुइलेकमा एयरपोर्ट बनाउन अध्ययन भइसकेको छ । अब एयरपोर्ट बन्छ । डडेल्धुरामा राम्रो बसपार्क बनाउने छु,’ देउवाले भने । डडेल्धुराको विकास हुँदा सुदूरपश्चिमका सबै जिल्लाका मानिसले सुविधा पाउने उनको भनाइ छ । ‘यहाँ मेडिकल कलेज, एयरपोर्ट बनेपछि राजधानी पनि यहाँ आउन सक्छ । काँग्रेसका सबै उम्मेदवारलाई जिताउनु भयो भने यी सबै कुरा पुरा गर्ने छु । गरेन भने मैले बदमास भन्नु होला,’ उनी भन्छन् ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि अग्रसरता बढाएको जानकारी दिए । ‘पश्चिम सेती बनाउनेबारे मैले इन्जिनियर गोविन्द भट्टलाई अध्ययन गर्न पठाएको थिएँ । हामी आफैले बनाउन सकिन्छ कि सकिँदैन भनेको थिएँ । उहाँले नेपालले आफ्नो लगानीमा बनाउन सक्ने अवस्था छैन भन्नुभयो,’ उनले भने । उक्त आयोजना निर्माणको जिम्मा विदेशी कम्पनीलाई बनाउन दिनुपर्ने भन्दै भारतीय कम्पनीसँग सम्झौता लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

देउवाले भने, ‘भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिँदा बिजुली पनि भारतले किन्ने भएकाले भारतलाई ल्याउनुपर्ने हुन्छ । जलविद्युत आयोजना निर्माण गर्ने भारतमा दुई वटा कम्पनी छ । राम्रो कम्पनीलाई जिम्मा दिने मेरो योजना छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीमा लुम्बिनी आउन लागेको भन्दै सोही क्रममा सम्झौता गर्ने तयारी भइरहेको देउवाले जानकारी दिए । ‘भारतीय प्रधानमन्त्री मोदीजीसँग मेरो भेट हुँदैछ । उहाँ लुम्बिनीमा आउँदै हुनुहुन्छ । नेपाललाई फाइदा हुने गरेर त्यही हस्ताक्षर गरेर भारतीय राम्रो कम्पनीलाई बनाउन दिन्छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा, यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै प्रशंसनिय
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, ३ सयजना घाइते
फिलिपिन्समा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, ३ सयजना घाइते
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना