पतिकै अगाडि पत्नीको बलात्कार, भिडियो खिचेर बनाइयो भाइरल
सारांश
- भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।
- श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ।
- भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन् ।
भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।
श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ। भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन् ।
प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको छ। लापरवाही गरेको अभियोगमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ ।
प्रहरीले कयौं दिनसम्म यो घटनालाई दबाएर राखेको दलित संगठनले आरोप लगाएका छन्। उक्त घटना २६ अप्रिलको भएको बताइएको छ ।
पीडित दम्पत्तिले सुरुमा घटना सार्वजनिक गर्न सकेननन्। यदि बलात्कार बारे बाहिर भने भिडियो भाइरल बनाइदिन धम्की दिइएको थियो। यद्यपी पछि उनीहरुसँग पैसा माग गरियो। पैसा दिन नसकेपछि भिडियो भाइरल बनाइयो । दलित संगठनले बलात्कारीले श्रीमतीको भिडियो बनाउँदा श्रीमानलाई भने पिटिरहेका थिए ।
प्रतिक्रिया