वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
सारांश
- काठमाडौं ।
- स्थानीय तहमा विभिन्न खालका घटना हुँदै आएका छन् ।
- सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाकाका नगरप्रमुखविरुद्ध अधिकारमाथि हस्तक्षेप गरेको भन्दै एक वडा अध्यक्षले मुद्दा दिएका छन् ।
काठमाडौं । स्थानीय तहमा विभिन्न खालका घटना हुँदै आएका छन् । सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाकाका नगरप्रमुखविरुद्ध अधिकारमाथि हस्तक्षेप गरेको भन्दै एक वडा अध्यक्षले मुद्दा दिएका छन् ।
नगरप्रमुख गोविन्दकुमार पुनले अधिकारमाथि हस्तक्षेप गरेको भन्दै वडा नम्बर १२ का अध्यक्ष गोविन्द डाँगीले उच्च अदालत सुर्खेतमा मुद्दा दिएका हुन ।
नगरप्रमुखले वडामा सञ्चालित योजना सम्झौता, अनुगमन नगरी भुक्तानी गर्ने अधिकार कार्यपालिका सदस्यलाई दिएको भन्दै वडाध्यक्ष डाँगीले मुद्दा दर्ता गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडामा सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीका लागि सिफारिस गर्न पाउने आफ्नो अधिकार भए पनि वञ्चित गराइएको भन्दै उनले मुद्दा दर्ता गराएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया