प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !

सारांश

  • काठमाडौं, २ जेठ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साईजमा ल्याउनको लागि ईश्वर कार्कीलाई अघि सारेका छन् ।
  • बुधबार काठमाडौंमा युवा संघको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले वैचारिक बहस छेडे ।

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साईजमा ल्याउनको लागि ईश्वर कार्कीलाई अघि सारेका छन् ।बुधबार काठमाडौंमा युवा संघको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले वैचारिक बहस छेडे । उनले पार्टीको मूल विचार नै जनताको बहुदलीय जनवाद रहेको बताएका थिए ।तर, लगत्तै बोलेका अध्यक्ष प्रचण्डले अब पूरानो विचार बोकेर हिँड्न नहुने धारणा राखेका थिए ।

पोखरेल र प्रचण्डबीच सार्वजनिक कार्यक्रममै वैचारिक युद्ध चलेपछि धेरैले अब ओलीले आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रुपमा पोखरेललाई नै अघि सार्न खोजेको अड्कलबाजी गरेका छन् ।पोखरेल अध्यक्ष ओलीका विशेष मान्छे हुन् । उनले विगत लामो समयदेखि अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन् । बेला बेलामा पोखरेलको अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गर्ने गरेको छ । हुनपनि ओलीले केही काम गर्नुपर्यो र रणनीति बुन्नुपर्यो भने पोखरेललाई नै अघि सार्ने गरेका छन् ।प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेको बेला नेता पोखरेलले पार्टीको मुल विचार तय नभए तासको महल ढलेझैं पार्टी तहसनहस हुन बेर नलाग्ने भन्दै जबजलाई आत्मसात गर्नुको विकल्प नभएको बताएका थिए । पूर्व एमालेहरु जबजलाई नै मूल नीति बनाउनुपर्नेमा अडिक छन् ।

पार्टी एकताको भएको झण्डै एक वर्ष वितिसकेको छ । अर्को एक वर्षभित्र महाधिवेशन गर्ने नेकपाको तयारी छ । आगामी महाधिवेशनमा प्रचण्डले आफूलाई नेतृत्को लागि अघि सार्ने गृहकार्य गरिसकेका छन् । तर, पूर्व एमालेबाट अब ओली नै अध्यक्ष बन्ने मनस्थितिमा देखिएका छैनन् । त्यसैले ओलीले प्रचण्डसँग ईश्वर पोखरेललाई नै भिडाउने योजनासहित अघि सार्ने योजना बुनेका छन् ।रेपोर्टेर्स नेपाल बाट सवार गरिएको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?