डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह

सारांश

  • रसुवा, २१ असार ।
  • विद्यालयको पढाइमा प्रयोग भइरहेको कालोपाटीलाई विस्थापन गर्दै डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्न शिक्षकले माग गरेका छन् ।
  • गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई रसुवा मावि धुन्चेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा समयसाक्षेप सिकाइको प्रविधि डिजिटल प्रविधिमा लाने व्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष शिक्षकले माग गरेको रसुवा माविका प्रअ तेम्बा रिसाङ घलेले बताउनुभयो ।

रसुवा, २१ असार । विद्यालयको पढाइमा प्रयोग भइरहेको कालोपाटीलाई विस्थापन गर्दै डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्न शिक्षकले माग गरेका छन् ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई रसुवा मावि धुन्चेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा समयसाक्षेप सिकाइको प्रविधि डिजिटल प्रविधिमा लाने व्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष शिक्षकले माग गरेको रसुवा माविका प्रअ तेम्बा रिसाङ घलेले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शिक्षाको विकासमा स्थानीय सरकारले पहिलो प्राथमिकता दिई गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको विकासमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?