जेठ ५ गतेको राशीफल यस्तो छ, कुन राशीलाई के भय र कुनलाई के अवसर छ आज ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चोटपटकको भय छ सचेत रहनुहोला ।
  • यात्रामा मालसामान हराउन सक्छ ।
  • गलत निर्णय लिन पुगिएला ।

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । सहकर्मीबाट विरोध आउला ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । अनावश्यक यात्रा हुनेछ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बेलुकीपख नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धन वृद्धिको योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योगपनि रहेको छ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको पछील्लो ताजा पारीणाम
रुपन्देहीको पछील्लो ताजा पारीणाम
अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
अमेरिकी सेना फिर्ता गर्न इराकी सांसदहरुको माग
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ
अब आकाशमै इन्टरनेट चलाउन पाइने
अब आकाशमै इन्टरनेट चलाउन पाइने
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
‘झुटो आरोप लगाएर घरबाट निकाला’
‘झुटो आरोप लगाएर घरबाट निकाला’

तपाईंले छुटाउनुभयो कि?