कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कोलकातादेखि दोलालघाटसम्म पानीजहाज – कुलमान घिसिङ

सारांश

  • नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ ।
  • सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।
  • रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए ।

नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।

रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए ।

‘जलस्रोत व्यवस्थापनका विषयमा राज्यले सन् १९८५ मार्चमा जाइकाबाट गुरुयोजना तयार पारे पनि त्यसमा आधारित भएर खासै काम भएको छैन,’ उनले भने । सप्तकोसी करिडोरमा मात्रै २५ हजार मेगावाट विद्युत् क्षमताको सम्भावना छ । तर, त्यसको विकासका लागि काम नभएको उनको भनाइ छ ।

जाइकाले प्रारम्भिक रूपमा धेरै अघि अध्ययन गरेकाले पुनः अध्ययन गर्दा आयोजनाको क्षमता अझ वृद्धि हुने उनले बताए । विशेष गरी सुनकोसी १, २ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनेको भनाइ छ । अध्ययन प्रतिवेदनअनुसार चतरादेखि दोलालघाटसम्म नै जलासययुक्त आयोजना बन्नेछन् । ‘जलासययुक्त आयोजना ‘क्यासकेटिङ इफेक्ट’ अनुसार बन्नेछन् । क्यासकेटिङ इफेक्ट भन्नाले एउटै नदीको तल्लो भागमा एउटा जलासययुक्त आयोजना बन्छ । त्यसलाई जोड्ने गरी त्यसमाथि अर्को आयोजना बन्दै जाने प्रणाली हो,’ घिसिङले भने ।

घिसिङ प्रबन्ध निर्देशक भएपछि राजनीतिक नेतृत्वलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका बताए । यही योजनाअनुसार सुनकोसी दोस्रो र तेस्रोको प्रि–फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
अवैध तरिकाले विदेशमा अर्बौ लगानी गर्ने ५४ नेपाली को को हुन् ?
अवैध तरिकाले विदेशमा अर्बौ लगानी गर्ने ५४ नेपाली को को हुन् ?
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
मतदातालाई सास्ती, पन्ध्र पृष्ठको मतपत्र ८०० उम्मेदवार !
मतदातालाई सास्ती, पन्ध्र पृष्ठको मतपत्र ८०० उम्मेदवार !
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा प्रस्थान
राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा प्रस्थान