जेठ ११ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आज के गर्दा कुन राशीलाई उत्तम ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ ।
  • लाभदायक तर खर्चिलो यात्रा रहला ।
  • आँटेको कार्य पुरा हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । लाभदायक तर खर्चिलो यात्रा रहला । आँटेको कार्य पुरा हुनेछ । शुभ अंक १ हो र आज पहेलो वस्त्र लगाउनु उत्तम हुन्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । आज कतै बाहिर निस्कदाँ शिवको स्मरण गर्नु वेश हुन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । पिपलमा जल चढाउँदा उत्तम हुन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । विवाद पर्ने योग भएकाले कम बोल्नु उत्तम देखिन्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको धन पाइएला । राजनीति अधिकारमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पहिलो पाइला दाहिने गोडा चाल्दा राम्रो हुन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला । शुभ अंक २ हो र गणेशको आराधना गर्दा राम्रो हुने योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अचल सम्पत्ति हात पर्ने योगछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आज रातो वस्त्र लगाउँदा उत्तम देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आज सकेसम्म शाकाहारी भोजन गर्दा वेश होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ अंक ४ हो ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । शिवको आराधना गर्दा नबनेका कामहरुमा सफलता पाइन्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभ अंक ६ हो ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पदोन्नतीको सम्भावना प्रवल छ । राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पारिवारिक विवाद हुने सम्भावना देखिएको हुँदा सकेसम्म विवादबाट टाढै रहनु होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?