कहाली लाग्दो दशक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कहाली लाग्दो दशक

सारांश

  • महाभारतमा १८ दिन जुन महायुद्ध भयो ।
  • हरेक दिन कुरुक्षेत्रमा वीर योद्धाको मृत्यु भएको थियो ।
  • जस्को परिणामस्वरूप भारतबर्षमा लामो समयसम्म वीर योद्धाहरुको अभाव रहेको थियो भनेर भनिन्छ जुन युद्धको साक्षी महावीर बर्बरिक पुरै युद्धको भयानक बिनासकारी दृश्यहरु देखिसकेपछी अब कुनैपनि युगमा यस्तो बिनासकारी युद्ध नहोस् भनेर बिक्षिप्त हुदै तपस्याको लागि प्रस्थान गरेका थिए ।

महाभारतमा १८ दिन जुन महायुद्ध भयो । हरेक दिन कुरुक्षेत्रमा वीर योद्धाको मृत्यु भएको थियो । जस्को परिणामस्वरूप भारतबर्षमा लामो समयसम्म वीर योद्धाहरुको अभाव रहेको थियो भनेर भनिन्छ जुन युद्धको साक्षी महावीर बर्बरिक पुरै युद्धको भयानक बिनासकारी दृश्यहरु देखिसकेपछी अब कुनैपनि युगमा यस्तो बिनासकारी युद्ध नहोस् भनेर बिक्षिप्त हुदै तपस्याको लागि प्रस्थान गरेका थिए । तर आज महाभारतका कुरुक्षेत्रमा हरेक दिन वीरगति पाएका वीर पुरुषहरुको विषयबस्तु नभएर हरेक दिन दुई तीन वटा स्वादेश भित्रीने मृत श्रमिकको शवलाई हेर्दा अङ्गभङ्ग भएर आउने हजारौं श्रमिकको दननिय अवस्थालाई हेर्दा यहाँ अर्को युद्ध अर्को आतंक जिवित नै रहेको आभास हुन्छ ।

मुलुकको अर्थतन्त्र आज रेमिटान्सले धानेको मात्र छैन त्यो भित्र हजारौं युवाहरुको सपनाहरू पनि टुटेको छ दर्दनाक अवस्थामा गुज्रिएको तितो यथार्थता सगै काहाली लाग्दो संन्नटाहरु पनि छ रगतको पसिना मात्र बगाएको छैन हजारौं श्रमिकको दुस्खद ढंगबाट अवशान पनि भएको छ गत एक दसकको तथ्यांकलाई मात्र हेर्दा ६७०० श्रमिकको बिदेशी भुमिमा नै अवसान भए हजारौंको संख्यामा अङ्गभङ्ग भए यो तथ्यांक केवल वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले निकालेको बैधानिक श्रमिकको तथ्यांकमा आधारित तथ्यांक मात्र हो । अबैधानिक तवरले जाने अनि श्रम स्वृकृती बिना नै जाने छिमेकी मुलुक भारत लगायत अन्य मुलुकको तथ्यांक भने यसमा समाबेश गरिएको छैन त्यसैले समग्रमा यसको आकार अझै धेरै ठुलो हुने जानकारहरु बताउछन् त्यसिले पनि यति ठुलो संख्यामा बिदेशी भुमिमा मृत्यु हुनेहरुको वृतान्तलाई हेर्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि यो दशक काहाली लाग्दो घातक दशको रूपमा लिन सकिन्छ । यदि हामीले बिदेशी भुमिमा अवसान भएको श्रमिक अनि शोकाकुल श्रमिकको घर परिवारलाई केन्द्रमा राखेर हेर्ने हो भने राज्य भित्रै एउटा ठुलो आशुको सागर देख्छौ त्यसैले पनि यो दशक वैदेशिक रोजगारीमा जाने श्रमिकको निम्ति काहाली लाग्दो दसकको रूपमा रहेको प्रमाणित हुन्छ ।

दश बर्षको दंन्दरत सक्रमनकालिन अवस्था साथै २०७२ सालको महाभुकम्पको कुरा गर्ने हो भने पनि ठुला–ठुला भौतिक समरचनाहरुको क्षति सगै हजारौंको संख्यामा मानबिय क्षति भए तर यो एउटा दन्दरत अवस्था प्राकृतिक माहाबिपती जस्ता संक्रमणकालिन अवस्थाको दुस्खद पाटो थियो तर आज पछिल्लो एक दशकको पेरिफेरिमा हजारौंको संख्यामा युवा जनशक्तिको बिदेशी भुमिमा मृत्यु भए तर यो कुनै दन्दकालिन र प्राकृतिक महाविपाती जस्ता संक्रमणकालिन समय थिएन तर पनि सामान्य अवस्थामा नै हजारौंको संख्यामा वैदेशिक रोजगारमा जाने श्रमिकले अकालमा ज्यान गुमाउन परे कुनैपनि महाबिपती संक्रमणकालिन अवस्थामा बाहेक अन्य सामान्य अवस्थामा यसरी मानबिय क्षति हुनु भनेको अप्राकृतिक हो यसलाई सहज रूपमा लिन सकिदैन ।

यसमा सरोकारवाला पक्षको गम्भीर लापरबाही देखिन्छ । जबसम्म राज्यको बाग्डोर समाल्नेहरुलाई यो घट्नाको अलिकति पनि आभाष हुँदैन भने फेरि युवाहरु अर्को दशक पनि यो दुर्दशा भोग्न बाध्य हुन पर्ने बाहेक अर्को विकल्प नै देखिदैन

ईतिहासको कालखण्डमा वीरता कमाएको वीर अनि स्वाभीमानी पहिचानले परिचित पुर्खाको संन्तान ईतिहासमा कसैको गुलामी समेत बन्न नपरेको, स्वतन्त्र राज्यको ईतिहास बोकेको राज्यको संन्तान आज खान र लाउन कै लागि बिदेशी भुमिमा विभिन्न ठाउँमा भौतारिदै गर्दा हजारौंको संख्यामा बिदेशी भुमिमा अवसान हुन पुगे भने अर्को्तिर हजारौंको संख्यामा अङ्गभङ्ग भए। १५ घन्टा देखि १८ घन्टा सम्मको कठिन कामको बाबजुत खान र बस्न समेत समय अनुकुल नहुदा मिर्गौला फेलियर जस्ता घातक रोगका शिकार हुनेहरू आफ्नै मुलुकमा आएपछि पनि अल्पआयुमा नै जीवन गुमाउने हजारौंको संख्यामा देखिए त्यसैले पनि वैदेशिक रोजगारमा जाने युवाको लागि यो दसक राज्याले परिभाषा गरे जस्तो रहेन ।

राज्य भनेको अभिभावक हो अभिभावक भनेको सुरक्षाको कवच पनि हो । अभिभावकले आफ्नो दरसंन्तानको दैनिक दुई तीन वटा मृत शवहरु विमानस्थलमा अलपत्र हुँदा आधारभुत आवश्यकता पुरा गर्न नै घर छोडेर हिडिरहदा बिदेशी भुमिमा अलपत्र हुँदा हजारौंको संख्यामा अङ्गभङ्ग भएर रोगी भएर फर्कनेहरुको लस्कार देख्दै गर्दा मुक दर्शक बनेर समृद्धिको गित गाएर बस्नु हुँदैन ।

यसरी वैदेशिक रोजगारमा जाने युवा र युवतीहरुले दननिय स्थिति सामना गर्दै गर्दा हाम्रो राज्य समयन्त्रहरुले के गरिरहेको छ वैदेशिक रोजगार नितिमा नै आमूल परिबर्तन गर्नु पर्छ भने पनि किन राज्य त्यस् ठाउँमा उभिन सक्दैन प्रश्नहरु अनुत्तरित नै छन् ।

बर्तमन परिप्रेक्ष्यलाई हेर्ने हो भने दैनिक रूपमा जुन शवहरु आउने गर्छ कागजपत्र मिल्नेको हकमा केहि रकम अर्थिक क्षतिपूर्ति स्वरुप पाउछ यतिमा नै राज्यले आफ्नु दायित्व पुरा गरेको सम्झिन्छ नमिल्नेको हकमा शव उठाउन समेत धौधौ हुन्छ एक दुई वटा पत्रपत्रीकामा बेलाबखत छापिने गर्छ मुलधारको मिडिया हरुमा समेत दैनिक रूपमा ठाउँ पाउदैन यसरी बिदेशी भुमिमा अवसान भएको गरिब श्रमिकको अर्को अपहेलित अवसान राज्य भित्र नै अस्तित्वविहिन ढंगमा हुन्छ ।

राज्यको सबैभन्दा ठुलो शक्ति भनेको नै युवा जनशक्ति हो यदि त्यो शक्ति नै सुरक्षित नहुनु भनेको राज्य कम्जोर हुनु पनि हो आज वैदेशिक रोजगारको सिलसिलामा ठुलो संख्यामा मानवीय क्षति हुँदा रज्यको लागि ठुलो चुनौतीको विषय हुनपर्ने हो सदनमा यो विषयले पहिलो प्राथमिकता पाउनु पर्ने हो गम्भीर बहसको विषय बन्नु पर्ने हो । तत्काल समाधानका लागि कदम चालिनु पर्ने हो तर बिड्मबना त्यसो हुन सकेको छैन बरु उल्टै विभिन्न नयाँ मुलुकहरूमा नेपाली श्रमिकलाई पठाउन थप श्रमसम्झौताहरुमा निरन्तरता देखिन्छ त्यसैले राज्य श्रमिकको हक हित श्रमिकको सुरक्षागर्दै स्वादेशमा नै रोजगारीको सिर्जना गर्ने भन्दा पनि धेरै रेमिटान्समुखी मानसिकता नै हो कि भन्ने पनि देखिन्छ ।

अर्कोतिर सामाजिक रूपमा पनि वैदेशिक रोजगारले निमत्याएको बृकृती भनेर धेरै हेरिन्छ जसलाई प्रोत्साहन गर्ने वैदेशिक श्रमिकको बिषयबस्तुमा आधारित प्रसस्त कथाहरु लेखिए चलचित्रहरु बनाईए तर त्यो अव्यवस्थासम्म पुग्नपर्ने बाताबरण कसरी सिर्जना भयो कुनै खोज र अनुसन्धान हुन सकेन । सरोकारवालाहरु बीच गहन बहस हुन पर्ने थियोे तर बिड्म्बना त्यसो हुन सकेन त्यसैले सम्मान र हैसियतका जीवन बाट जहिले बन्चित हुन परे त्यसैले पनि वैदेशिक श्रमिकको यो दसक सोचेजस्तो हुन सकेन ।

सामान्य अवस्थामा श्रमिकको मृत्यु बर्डफ्लु लागेको कुखुरा जस्तो हुन सक्दैन र युवाको मृत्युदर बाल मृत्युदर जस्तो उच्च पनि हुदैन । तर वैदेशिक रोजगारमा चाहिँ अनुमान गरे भन्दा धेरै भएको तथ्यांकले देखाउछ । त्यसैले तत्काल रज्यको ध्यानाकर्षण हुन जरुरी छ । युवाहरूलाई यो अवस्थाबाट बचाउन सम्बन्धित सबै समरयन्त्र हरु फेरबदल गर्न परे पनि राज्य चुक्नु हुदैन ।

मुलुकमा एकातिर ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा सडक देखि सदन सम्म चोक चोकमा जताततै घन्काईरहदा अर्को्तिर यतिठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरु आहात भहिरहेको कारुणिक दृश्यहरु छ भने समृद्धिको यात्रा कहाँसम्म पुग्छ होला यो समृद्धिको परिधिभित्र को को अटाउने हो सोचनिय बिषय बनेको छ ।

हिजो द्वन्दकालिन अवस्थामा होस् या आज वैदेशिक रोजगारको बहानामा होस प्रताडित हुने समुदाय भनेको कुनै सम्भ्रान्त परिवार भित्रको नभएर जातीय ,क्षेत्रीय, लिङ्गीय र बर्गिय आधारमा पछि पारिएका राज्याको सेवा र सुबिधाबाट बन्चित भएकाहरुको नै धेरै ठुलो जमात देखिन्छ । आज ६२ लाख युवा जनशक्ति संसारभरी छरिएर श्रम गरिरहेका छन् जसमा एक अध्यनअनुसार ७४ प्रतिशत अदक्ष २४ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष श्रमिक रहेको तथ्यांकले देखाउछ जसमध्ये न्यून ज्यालामा सबैभन्दा कठिन अनि जोखिम दायित्व बहन गर्नेहरु भनेको ७४ प्रतिशत अदक्ष श्रमिक नै पर्छ त्यसैको परिणामस्वरूप आज हरेक दिन दुई तिन वटाको संख्यामा दैनिक शवहरु स्वादेश भित्रने गर्छ । त्यसैले अदक्ष कामदारको बिसयमा राज्य ले कस्तो निर्णय लिने हो आजको मुख्य चुनौतीको विषय हो।

तितो यथार्थ बर्तमानमा परिप्रेक्ष्यलाई हेर्दा हाम्रो मुलुकको अर्थतन्त्र रेमिटेन्स बिना चल्न नै सक्दैन तर राज्य रेमिटेन्समुखी हुदैमा ७४ प्रतिशात अदक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको बहानामा धकेल्नु काहाँसम्म न्यायोचित हुन्छ यो ठाउँमा सबैभन्दा पहिले पुर्न्र्बिचार गर्न सक्यो भने शायद फेरि आउने दशकमा नेपाली श्रमिकले बिदेशी भुमिमा यतिका ठुलो संख्यामा ज्यान गुमाउन पर्ने थिएन कि ।

पासाङ तामाङ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन  (सूचीसहित)
काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो
मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

तपाईंले छुटाउनुभयो कि?