रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
सारांश
- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
- हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहीबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको मेयर इवन राईले बताए ।
- विद्यालयमा नियमित रुपमा हाजिर नहुने, पटक–पटक रक्सी पिएर विद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई नटेर्नेलगायतका गैरजिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलिगेसन आएको आधारमा शिक्षा नियमावलीअनुसार निलम्बन गर्नका लागि नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहीबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको मेयर इवन राईले बताए ।
विद्यालयमा नियमित रुपमा हाजिर नहुने, पटक–पटक रक्सी पिएर विद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई नटेर्नेलगायतका गैरजिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलिगेसन आएको आधारमा शिक्षा नियमावलीअनुसार निलम्बन गर्नका लागि नगर कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ । छानबिनका क्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुनः शिक्षकमाथिको निलम्बन फुकुवा हुने प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईको भनाई छ ।
प्रतिक्रिया