नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन

सारांश

  • नयाँ दिल्ली, १ चैत्र ।
  • भारतीय विज्ञान तथा प्रविधि मन्त्री हर्ष वर्धनले नेपाल–भारत अहिले धेरै राम्रो भएको टिप्पणी गरेका छन् ।
  •   नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै मन्त्री वद्र्धनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नयाँ दिल्ली, १ चैत्र । भारतीय विज्ञान तथा प्रविधि मन्त्री हर्ष वर्धनले नेपाल–भारत अहिले धेरै राम्रो भएको टिप्पणी गरेका छन् ।  नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै मन्त्री वद्र्धनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘नेपाल–भारत सम्बन्ध धेरै कारणले महत्वपूर्ण छ । हामीबीच रोटी–बेटीको सम्बन्ध छ, धार्मिक तथा साँस्कृतिक सम्बन्ध उस्तै प्रगाढ छ, भुगोलको सम्बन्ध, कसैलेपनि यो सम्बन्ध बिगारेर बिग्रिँदैन् । दुई देशबीच धेरै मजबुद सम्बन्ध छ।’

आफू भारतमा हुने निर्वाचन सम्पन्न भएलगत्तै नेपाल भ्रमणमा जाने उनले विश्वास दिलाए । उनले भने,‘म चुनावपछि नेपाल जान्छु । अहिले द्धिपक्षीय सम्बन्धमा कुनै समस्या छैन।’ मन्त्री वर्धनले नेपालमा हुन गैरहेको लगानी सम्मेलन पूर्ण रुपमा सफल होस भनेर शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?