सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
सारांश
- युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले वर्तमान सरकारको कामको मूल्यांकन गर्दै उच्च अंक दिएका छन् ।
- उनको भनाई छ– ‘यो १५महिनाको काम हेर्दा केपी शर्मा ओली सरकारलाई डिस्टिङसन दिन सकिन्छ ।
- ’ यो सरकार कस्तो लाग्दैछ ?
युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले वर्तमान सरकारको कामको मूल्यांकन गर्दै उच्च अंक दिएका छन् । उनको भनाई छ– ‘यो १५महिनाको काम हेर्दा केपी शर्मा ओली सरकारलाई डिस्टिङसन दिन सकिन्छ ।’ यो सरकार कस्तो लाग्दैछ ?’ भन्ने प्रश्नमा रमेशले सरकारको १५ महिनाको सकरात्मक र नकरात्मक दुबै कोणबाट चर्चा गरे । सरकारको सकारात्मक पक्षको चर्चा गर्दै रमेशले यस अवधीमा नेपालको आर्थिक वृद्धिदर उच्च रहेको चर्चा गरे । उनले भने– ‘नेपालको आर्थिक वृद्धिदर सात प्रतिशत हाराहारी पुग्दैछ । केही वर्षमै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दैछ । जबकी यूरोपका फ्रान्स, स्वीडेन, स्वीट्जरल्याण्ड जस्ता देशको आर्थिक वृद्धिदर नेपालभन्दा धेरै पछाडि छ ।’
‘कुनै जमाना थियो हरेक नेपालीको घरमा एउटा गाई हुनुपर्छ भन्ने खालको विकास अवधारणा थियो, कतिपय मानिस र राजनीतिक दल आजको युगमा पनि त्यस्तै खाले अवधारणा बोकेर हिँडेका छन्’– उनले भने– ‘अहिलेको सरकारले तीनवटा अन्तराष्ट्रिय विमानस्थल बनाउँदैछ । देशभरी सडक सञ्जाल विस्तार गर्दैछ, सर्वत्र विकास निर्माणको काम गरिरहेको छ ।’
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा उत्साह जगाएको उनले बताए– ‘बजेट भनेको अंकगणित मात्र होइन, राजनीतिक दस्तावेज पनि हो ।’
रमेशले सरकारको नकारात्मक पक्षको पनि खुलेर चर्चा गरेका छन् । उनको भनाई छ– ‘विरोध गर्छन् कि भन्दै यो सरकार डराउने होइन । सरकारले दह्रोसँग साहसिक निर्णय लिन सकिरहेको छैन । देश बनाउन सरकार कडाईसाथ प्रस्तुत हुनुपर्छ ।’
सरकारलाई कति अंक दिनुहुन्छ भन्ने प्रश्नमा पौडेलको जवाफ छ ‘डिस्टिङसन भन्दा माथि केही छैन, त्यसैले डिस्टिङसन दिन्छु ।’
प्रतिक्रिया