विश्व श्रवण शक्ति दिवसमा नर्भिक अस्पतालले दिदैछ यस्तो सुविधा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
विश्व श्रवण शक्ति दिवसमा नर्भिक अस्पतालले दिदैछ यस्तो सुविधा

सारांश

  • नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ ।
  • यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन २० गते मंगलवार मनाइदैछ ।
  • यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवण” रहेको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन २० गते मंगलवार मनाइदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवण” रहेको छ ।

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध सङ्क्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही सङ्क्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने खतरा समेत आइपर्न सक्छ ।

तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवणः श्रवण शक्ति कम भई आफ्नो गतिलाई सीमित हुन नदिऊँ” राखेको हुनुपर्छ । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् ।

नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता सङ्क्रमणहरु जस्तैः दादुरा, गलगा“ड र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन् ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान
रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?

तपाईंले छुटाउनुभयो कि?