घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पानी, घाम, हावाहुरी हेरेर चल्यो भने विकास नहुने बताउँदै विकास गर्न समय र घडि हेरेर चल्नुपर्ने बताउनुभएको छ ।
  • शनिवार सूर्य्विनायक नगरपाकिलाको वडा नं.
  • ९ मा झरीका बाबुजुत पनि दिव्वेडाँडा–माझा पाटी शान्तिभैरव हुँदै जोरपाटी अरनिको राजमार्ग जोड्ने सडकको स्तरउन्नती गर्ने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको लागि एक एक समयको महत्व रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पानी, घाम, हावाहुरी हेरेर चल्यो भने विकास नहुने बताउँदै विकास गर्न समय र घडि हेरेर चल्नुपर्ने बताउनुभएको छ । शनिवार सूर्य्विनायक नगरपाकिलाको वडा नं. ९ मा झरीका बाबुजुत पनि दिव्वेडाँडा–माझा पाटी शान्तिभैरव हुँदै जोरपाटी अरनिको राजमार्ग जोड्ने सडकको स्तरउन्नती गर्ने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको लागि एक एक समयको महत्व रहेको बताउनुभयो । उहाँले विकासमा कुनै समस्या देखाई रोक्ने कार्य गर्नु नुहने बताउँदै समय र परिस्थितीको माग अनुसार जनताको विकासको चाहनालाई पुरा गर्नुपर्ने बताउनुभयो ।

विकास र समृद्धिमा समयले नपर्खने बताउँदै उहाँले समयको माग र जनताको चाहना अनुसारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले विकासको विरुद्धमा अनावश्यक हल्ला फैलाइएको तर अहिले यथार्थमा परिणत हुँदै गएको समेत बताउनुभयो । उहाँले आफु निर्वाचित भइसकेपछि भएका विकासले भक्तपुरको मुहार नै फेरिदै गएको बताउँदै आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने समय आउने समेत बताउनुभयो ।

जहाँ सडक विस्तार भयो सोही स्थानका स्थानीयवासीलाई नै लाभ हुने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले पलासेदेखी डोलेश्वरसम्मको बाटो बनाउन असम्भव छ भनि अनावश्यक हल्ला फैलाइएको तर अहिले कोलोपत्रे गर्ने चरणमा रहेको बताउनुभयो । उहाँले काँक्रावारी–आशापुरी जाने सडक केन्द्रीय बजेटमा प्रस्ताव गरिएको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा विकासको प्रारम्भिक चरणमा रहेको आगामी वर्षहरु तिव्र विकासको वर्ष हुने बताउँदै उहाँले तीन वटै तहका सरकारले भक्तपुरलाई विषेश रुपमा ध्यान दिईएको बताउनुभयो । उहाँले नङ्खेल–सिपाडोल–कटुञ्जे हुँदै राधेराधेसम्म जाने सडकको लागि विद्युतको ट्रान्मिसन लाईनलाई फलो गर्दै डिपिआर गर्ने कार्य भइरहेको समेत जानकारी गराउनुभयो ।

उपत्यका प्राधिकणबाट ८ मिटरको बाटोको लागि ४० लाख रुपैंया बजेट विनियोजित रकममा निर्माण शुरु गरिएको उक्त सडकको लागि नपुग बजेट अन्यत्र खर्च हुन नसकेको बजेट भक्तपुरले खर्च गर्न सके पुनः बजेटको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरण तयार रहेको जानकारी गराउँदै उहाँले विकास निर्माणका कार्यमा बजेटको समस्याले नरोकिने बताउँदै गुणस्तरीय, प्रभावकारी र निर्धा्रित समयमा नै निर्माण कार्यलाई सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले उक्त सडकलाई केन्द्रीय बजेटमा समावेश गर्दै बैकल्पीक सडकको रुपमा विकास गर्ने योजना रहेको समेत बताउनुभयो । उहाँले भक्तपुरमा खानेपानी, ढल लगायतका कार्यहरु पनि तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउँदै मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा आएको दिन भक्तपुरका जनताले पनि उक्त खानेपानी खानेपाउनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । उहाँले मेलम्चीको विकल्पमा भक्तपुरमा खानेपानीका अन्य धेरै विकल्पहरुको खोजि गरी निर्माण प्रकृयामा रहेकाले खानेपानीको समस्याबाट आम भक्तपुरका जनताले मुक्त हुने समेत बताउनुभयो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
धन हुनेलाई ज्यान मार्न छुट ?
धन हुनेलाई ज्यान मार्न छुट ?
Browse Some Online dating sites Reviews Prior to You Join
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !

तपाईंले छुटाउनुभयो कि?