सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि किन सर्यो ?
सारांश
- नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन ।
- नेताहरूको कार्य्विभाजन र पोलिटब्युरो गठनको एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा बैठक सरेको सर्यै छ ।
- जेठ ३ मा भ्रातृसंगठनहरूको एकतालगत्तै बैठक बसेर कार्य्विभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको थियो तर अझै बैठक बस्न सकेको छैन ।
नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन । नेताहरूको कार्य्विभाजन र पोलिटब्युरो गठनको एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा बैठक सरेको सर्यै छ । जेठ ३ मा भ्रातृसंगठनहरूको एकतालगत्तै बैठक बसेर कार्य्विभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको थियो तर अझै बैठक बस्न सकेको छैन ।
शनिबारका लागि निर्धारित बैठक पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । अध्यक्षद्वयले सोमबारका लागि भनिएको बैठक पनि मंगलबारलाई सारेका छन् । बैठक सारे पनि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग नेताहरूको कार्य्विभाजनबारे छलफल गरेका छन् ।
नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रसाकस्सी चलेको छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ । वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन् ।
अन्य महत्त्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन् ।
प्रतिक्रिया