लोकसेवाको विज्ञापन रोक्नु संघीयता विरोधी कार्य होः महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
१७ पटक हेरिएको
Shares
लोकसेवाको विज्ञापन रोक्नु संघीयता विरोधी कार्य होः महेश बस्नेत

सारांश

  • संसदको आज विशेष समयमा बोल्दै नेकपा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले गुठी सम्बन्धी विधेयकमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे ।
  • गुठी प्राधिकरण बनाएर गुठीको नाममा भइरहेका अनियमितता रोक्न सरकारले विधेयक ल्याउन लागेको बस्नेतको दावी छ ।
  • गुठीको जग्गा र सम्पत्ति कतिपयले दुरुपयोग गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न उद्देश्य सरकारको रहेको बताए ।

संसदको आज विशेष समयमा बोल्दै नेकपा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले गुठी सम्बन्धी विधेयकमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे । गुठी प्राधिकरण बनाएर गुठीको नाममा भइरहेका अनियमितता रोक्न सरकारले विधेयक ल्याउन लागेको बस्नेतको दावी छ । गुठीको जग्गा र सम्पत्ति कतिपयले दुरुपयोग गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न उद्देश्य सरकारको रहेको बताए । तर यही विषयलाई विवादित बनाइएको उनको भनाई छ ।

त्यस्तै लोकसेवा आयोगको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन प्रति पनि उनले आपत्ति जनाए । विज्ञापन रोक्ने निर्देशन संघीयता विरोधी भएको बस्नेतको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?