थाहा पाउनुस असार १ देखि ७ गतेसम्मको राशीफल, कुन राशीले के भन्छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३२, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • मेष– काममा ढिलासुस्ती आउनेछ ।
  • अचानक बाधा आउनाले सामाजिक प्रतिष्ठा गिर्नेछ ।
  • साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ ।

मेष– काममा ढिलासुस्ती आउनेछ । अचानक बाधा आउनाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवं कार्यको कदर हुनेछ ।व्यापारमा भने राम्रो कमाइने योग देखिन्छ ।

वृष– मित्रजन भेटघाट बन्नेछ । पारिवारिक सुखमा वृद्धि एवं व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं काममा उल्झन आउनेछ । धोका हुनाले घाटा बेहोर्नुपर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवं भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

मिथुन– जिम्मेवारी बढ्नेछ, काममा प्रगति मिल्नेछ, खेलकुदमा प्रगति एवं स्वास्थ्यमा सुधार हुनेछ । खुशियाली बढ्ने, साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना हुने, एवं अरुको अपजस आफूलाई लाग्नेछ ।

कर्कट–पढाइको सफलता पाइनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवं व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने भेटघाटको योग बन्ने एवं पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ , नयाँकाम को थालनी हुनाले काममा व्यस्तता बढ्नेछ ।

सिंह –ऋणको बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवं सन्तानको प्रगति हुनेछ । मनोरन्जनमा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवं पारिवारिक व्यस्तता बढ्नेछ । साथी भाइको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

कन्या– यात्रा हुनेछ । आफन्तको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । प्रशन्नता बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवं स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम संगीतमा विशेष रुचि जानेछ ।

तुला– पदको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । यात्राको सुख मिल्ने एवम इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्ता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने काममा वादविवाद बढ्ने एवम पारिबारिक शत्रुता हुन सक्नेछ ।

वृश्चिक– प्रतिष्ठा स्थापित हुनेछ । जिम्मेवारीमा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । किनमेलमा खर्च हुने एवम घुमफिरमा मन जानेछ । व्यवसायमा वृद्धि हुनाले धनको वृद्धि हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवम विदेशको काममा शुभखवर मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

धनु– खर्च बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्रामा सास्ती मिल्नेछ । साताको मध्यमा भने कारोवारमा सफलता एव धनसम्पति प्राप्त हुनेछ । सवारी सुख एवं भोगविलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, नयाकाममा सफलता एवम सामाजिक उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

मकर– प्रसस्त आम्दानी हुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणm कम हुनेछ । साताको मध्यमा भने सन्तानकोे तनाव हुने एवम झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, व्यापारमा राहत मिल्ने एवम अरुको काममा बढी खर्च हुनेछ ।

कुम्भ– राजनीति क्षेत्रमा फाइदा मिल्नेछ । राजनीतिक साथ मिल्नाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत बढ्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवं कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यम भने धनको नाश हुने, व्यर्थ खर्च गर्नुपर्ने, शारिरीक पीडा एवं यात्रामा व्यवधान हुनेछ ।

मीन– ठूलाबडाले साथ दिनेछन् । परोपकारमा रुचि जानेछ । सामाजिक एवं पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवं प्रशंसा हुनेछ । जागिर एवं रोजगारीको अवसर मिल्नेछ । वैदशिके धनको सहयोगबाट आँटेको काम पुरा बढ्नेछ । आम्दानी बढ्नाले ऋणको वा्ेझ कम हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?