सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
६२ पटक हेरिएको
Shares
सभामुखमाथि लक्ष्मणलाल कर्ण खनिनुको कारण यस्तो छ

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्ण संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं। राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्ण संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौती दिने काम गरेको भन्दै उनले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे। समिति र संसदको अवहेलना र उपहास नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए ।

राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उनले आक्रोश पोखे। संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउँदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे ।

यो पनि पढ्नुस
गुठी विधेयकका कारण नेकपा भित्रै रडाको

गुठी विधेयकलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी्िभत्र विवाद चर्किएको छ । संसदीय दलभित्र गुठी विधेयकको पक्षमा विपक्षमा सांसदहरु उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । गुठी विधेयक फिर्ताको माग गर्दै काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किएको छ । विशेषगरी नेवार समुदाय गुठी जोगाउनुपर्ने भन्दै संघर्षका कार्यक्रमसहित उठेका छन् । उनीहरुलाई देशमा प्रतिष्ठित व्यक्तिहरुको साथ छ । गुठी विधेयकको पक्षमा ओली निकटहरु देखिएका छन् । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादको स्वरुपको संज्ञा दिदै परिवर्तन आवश्यक रहेको औल्याएका छन् । सार्वजनिक रुपमै उनले दिएको अभिव्यक्ति विवादमा परेको छ ।

थारु समुदायका नेकपाका सांसदहरु विधेयकको पक्षमा उभिएका छन् । दाङ स्थायी घर भएकी नेकपा सचेतक शान्ता चौधरी विधेयक किसानको पक्षमा रहेको भन्दै कुनै हालतमा फिर्ता गर्न नहुने पक्षमा छिन् ।
नेकपाकी सांसद गंगा चौधरीले गुठी विधेयक कुनै हालतमा पारित हुनुपर्ने पक्षमा छिन् । गुठी विधेयकको विरोधमा आन्दोलनमा उत्रिएकालाई भाडाका मान्छे भनिन् । मण्डलामा केही भाडाका मान्छे आउँदैमा विधेयक फिर्ता लिन नहुने चौधरीको अभिव्यक्ति विवादमा परेको छ ।

नेकपाका सांसदहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाल निकटहरु मौन छन् । केहीले मध्यमार्गी बाटो अपनाउन सुझाव दिएका छन् । प्रचण्ड निकट रहेका रामवीर मानन्धरले गुठी विधेयक नसच्याए गणतन्त्र उल्टने चेतावनी दिइसकेका छन् । मानन्धरले गुठीलाई सामन्तवादी स्वरुप भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागिसके ।

काठमाडौं उपत्यकाबाट निर्वा्िचत नेकपा सांसदहरुले गुठी विधेयक फिर्ता लिन या सच्याउन सुझाव दिएका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी गुठी विधेयक फिर्ता नलिए उपत्यकामा आफूहरुको राजनीति समाप्त हुने खतरा औल्याए ।

एउटा पक्षले विधेयक फिर्ता लिन दबाब दिइरहँदा अर्को पक्षले विधेयक फिर्ता लिएमा आन्दोलन चलाउने चेतावनी दिइसकेका छन् । दाङ, जनकपुरलगायतका क्षेत्रमा गुठीका जग्गा व्यक्तिको बनाउन चलखेल भइरहेकाले त्यस क्षेत्रका सांसदहरु गुठी विधेयकको पक्षमा उभिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घटस्थापनाका दिन राप्तीका १० कलाकारको हातमा अवार्ड
घटस्थापनाका दिन राप्तीका १० कलाकारको हातमा अवार्ड
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा
साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा
गण्डक मर्मत प्रभावकारी भएन
गण्डक मर्मत प्रभावकारी भएन
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु