टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा

सारांश

  • काठमाडौं।
  • आगामी जुलाइ २० देखि २८ सम्म सिंगापुरमा हुन लागेको आइसीसी वर्ल्ड टि–२० एसिया फाइनलका लागि प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।
  • पारस खड्काको कप्तानीमा घोषित टिममा २०१४ विश्वकपका स्टार बलर जितेन्द्र मुखियाले कमब्याक गरेका छन् ।

काठमाडौं। आगामी जुलाइ २० देखि २८ सम्म सिंगापुरमा हुन लागेको आइसीसी वर्ल्ड टि–२० एसिया फाइनलका लागि प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा घोषित टिममा २०१४ विश्वकपका स्टार बलर जितेन्द्र मुखियाले कमब्याक गरेका छन् । २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा उनले ४ ओभरमा मात्रै १८ रन दिँदै ३ विकेट लिएपछि म्यान अफ द म्याच घोषित भएका थिए । उनी २०१५ देखि राष्ट्रिय टिमबाट बाहिर थिए ।टिममा पारस खड्का ९कप्तान०, अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदिप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सहाब आलम, शरद भेषावकर, सोमपाल कामी, सन्दिप जोरा र सुसन भारी छन् ।

यो प्रतियोगिताको विजयी टोली आगामी अक्टोबर र नोभेम्बरमा युएइमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । एसिया फाइनलमा नेपालसहित कतार, कुवेत, सिंगापुर र मलेसिया छन् । विश्वकप यात्रा कायमै राख्न नेपालले यो प्रतियोगिताको विजेता बन्नै पर्ने हुन्छ । प्रतियोगितामा नेपालले पहिलो खेल २३ जुलाइमा कतारसँग, २४ जुलाइमा मलेसियासँग, २७ जुलाइमा कुवेतसँग र २८ जुलाइमा आयोजक सिंगापुरसँग खेल्दैछ ।यो प्रतियोगिताको विजेता भएमा नेपाल अक्टोबर र नोभेम्बरमा हुने विश्वकप छनोटमा पुग्नेछ । विश्वकप छनोटमा १४ टोली हुनेछन् । १४ टोलीमध्ये १० टोली स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड, हङकङ, ओमान, आयरल्याण्ड, युएइ, पपुवा न्यूगिनी, केन्या र नामिबिया हुने निश्चित भइसकेको छ । बाँकी चार टोली निश्चित हुन बाँकी छ ।

नेपाल खेल्ने एशिया फाइनलबाट एक टोली छनोट हुनेछ । यसबाहेक अमेरिका क्षेत्रको फाइनलबाट २ टोली छोट हुन बाँकी छ र युरोपबाट एक टोली छनोट हुन बाँकी छ ।यी १४ टोलीबीच विश्वकप छनोट खेल हुनेछ । यी मध्ये शीर्ष ६ टोली विश्वकप खेल्न पाउनेछन् । बाँकी ८ टोली बाहिरिनेछन् । विश्वकपमा कूल १६ टोली खेल्नेछन् । १६ मध्ये १० टोली छनोट भइसकेका छन् । बाँकी ६ टोली छनोटबाट पुग्नेछन् । विश्वकपमा छनोट भइसकेका १० टोलीमध्ये ८ टोली पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान सिधै दोस्रो चरण पुगिसकेका छन् । श्रीलंका र बंगलादेशले पहिलो चरण खेल्नेछन् । यी दुई टोलीसँगै छनोटबाट जाने ६ टिम गरी ८ टोली पहिलो चरणका खेल खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?