छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?

सारांश

  • म २७ वर्षीया महिला हुँ।
  • मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो।
  • त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो।

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया-प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया-प्रीति बस्यो।

उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध विच्छेद गरे। जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन। माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ। अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु।

केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन्। बेला-बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?

तपाईंकै जस्ता घटना थुप्रै मानिसले भोग्दै आएका छन। तपाईं मात्र द्विविधा र तनावमा पर्ने एक्लो हुनुहुन्न। विगतका घटनाले तपाईंलाई पटक-पटक घचघच्याइरहन्छ, यो स्वाभाविक हो। तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदमअघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने द्विविधा र तनावबाट बच्न सकिन्छ। त्यसैले विगतका घटनालाई शिक्षाका रूपमा ग्रहण गरी बाँकी जीवनलाई सुख एवं सन्तोषमय बनाउनु उपयुक्त हुन्छ।

घटना दोहोर्याइरह्यो भने समस्या बढ्दै जान्छ।श्रीमान्सँग अलग भएपछि वा सम्बन्धविच्छेदपछि हुने यौनसम्बन्धका बारेमा धेरै लेख प्रकाशित भएका छन्। धेरैले अलग भएपछिको यौनसम्बन्धलाई गलत एवं अस्वस्थकर मान्छन्।

मनोविज्ञानका हिसाबमा भने पुनः यौन सम्बन्ध राख्ने कुरा महत्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा सम्बन्ध कहाँबाट किन बिग्रियो र त्यसलाई कसरी मिलाउने भन्ने हो। यदि यस्ता कुरा मिलाउन सकियो भने भविष्यको जीवन सुखद हुन्छ, मिलाउन सकिएन भने समस्या अझ बल्झँदै जान्छ। त्यसैले मनोविज्ञानले विगतको कुरा थाहा पाउने तर त्यो घटनाबाटै समस्याको समाधान निकाल्ने कुरामा विश्वास गर्छ। तपाईंको जस्तै समस्या संसारभरि घटिरहेका छन्। यस्ता धेरै घटनामा मनोवैज्ञानिकहरू विभिन्न अनुसन्धान गरिरहेका छन्। भर्खरै जर्नल अफ सोसिएल साइन्स इन्ड साइकोलोजीले एउटा रोचक तथ्य उजागर गरेको छ। कम्तीमा पनि १३ वर्ष सँगै बसेका र ४ महिनाअघि छुट्टएिका जोडीहरूमा एउटा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उल्लेख गरिएअनुसार ८२ प्रतिशत जोडीले अझै पनि सम्बन्धबिच्छेद भएका श्रीमान- श्रीमतीसँग भेटघाट हुने र २१ प्रतिशतले अझै पनि यौन सम्बन्ध हुने गरेको बताए।

यसरी हेर्दा श्रीमानसँग अलग भएपछि हुने यौन सम्बन्ध तनावयुक्त नै हुन्छ भन्न सकिँदैन। यस्तो सम्बन्धलाई हरेक व्यक्तिले कसरी लिएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसले सम्बन्धविच्छेदलाई सहजै स्वीकार गरेको थियो, त्यस्तो व्यक्तिलाई पछि हुने यौन सम्बन्धले ग्लानि गराउँछ तर जसले सम्बन्ध९विच्छेद होस् भनेर चाहेको थिएन उसलाई भने ग्लानि हुँदैन। हरेक जोडीको सम्बन्ध९विच्छेदपछि हुने यौनसम्बन्ध तनावमय हुन्छ कि हुँदैन भनेर निक्र्योल गर्नुभन्दा तपाईंलाई तपाईंको पूर्वश्रीमान्सँगको यौनसम्बन्ध कस्तो महसुस हुन्छ त्यसलाई आफैंले विचार गर्नु आवश्यक छ। माथि भनिएजस्तो मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्ने साहस देखाउनासाथ समाधानतर्फ अघि बढेको मान्न सकिन्छ।

यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने बाँकी जीवनलाई सार्थक बनाउन ठोस सहयोग पुग्छ। तपाईंको मुख्य समस्या के हो भने तपाईं एक्लो हुनुहुन्छ तर तपाईंका पूर्वश्रीमान् विवाहित हुनुहुन्छ। तपाईं आफ्ना विगतका घटनाबाट दुःखी भएकाले श्रीमान्सँग पूर्ववत् सम्बन्ध राख्न चाहनुहुन्छ।  समय धेरै बितिसकेपछि कुनै पनि सम्बन्ध पहिलेझैं रहँदैन। त्यसैले यो सम्बन्ध कस्तो हो भनेर आफ्ना पूर्वश्रीमान्सँग छलफल गर्नुहोस्। छलफल गर्दा कुनै न कुनै निष्कर्ष अवश्य निस्कन्छ। निस्कन नसके तपाईंले यस्ता पश्चातापबाट बच्न मनोविद्हरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

(करूणा कुँवर, मनोविद्य-उत्तर कानुनी वा अन्य पक्षभन्दा मनोवैज्ञानिक पक्षमा मात्र केन्द्रित छ ।)

(यो सामाग्री पाठक बर्गका लागि साप्ताहिक पत्रिकाबाट साभार गरिएको हो । सामाजिक संजालबाट प्राप्त सामाग्री हो)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?