गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
सारांश
- काठमाडौं।
- काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका छन्।
- सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन्।
काठमाडौं। काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका छन्। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन्। त्यस क्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी पनि दिए। गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रदर्शनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो। उनीहरुले गुठी विधेयक फिर्ता गरेपनि फेरि आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए।
राष्ट्रियसभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन्। सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो। तर त्यसलाई खारेजनै गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ। प्रर्दशनका क्रममा ‘सम्पदा मास्न पाइँदैन,’ ‘गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो।
राजदुत सासुका कारण देउवा ओली प्रति नरम !
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध गर्न सकेका छैनन् । ओली सरकारले विवादास्पद विधेयकहरु ल्याउने देखि सत्ता केन्द्रिकृत गर्दै लगेको विषय उठेपनि देउवा सशक्त रुपमा प्रस्तुत हुन सकेका छैनन् । यसमा उनको केही व्यक्तिगत स्वार्थ रहेको खुल्दै गएको छ । देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई फिर्ता बोलाउनुपर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ । तर, ओलीले रोकेका छन् । यसमा ओली र देउवा बीचको घनिष्ठ सम्बन्ध कारण बनेको छ ।
दुई तिहाईको कम्युनिष्ट सरकार बन्नु अघि नियुक्त भएका अधिकांश राजदूत फिर्ता बोलाइएका छन् । नेपाली काँग्रेसले सत्ता चलाउँदा काँग्रेस र राप्रपाको कोटामा राजदूत बनाइएकाहरु फिर्ता बोलाइए पनि प्रतिभा राणा जापानमै छिन् । उनी राप्रपाको कोटामा राजदूत बनाइएकी थिइन् ।
प्रतिभालाई फिर्ता नबोलाउन देउवाले लबिङ गरे । यसमा लेनदेन समेत गरे । केही राजनीतिक नियुक्तिमा पनि देउवाले भाग पाए । त्यसपछि देउवाले ओली सरकारको हरेक कदमको मौन समर्थन गरेजस्तै बसे । विरोध गरेपनि त्यसलाई मथ्थर पार्ने दिशामा बढे ।
ओली र देउवाबीचको कनेक्शनका कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका सत्तापक्षकै जस्तो छ । ओलीको कदमको विरोध काँग्रेस नेताहरुभन्दा पहिले नेकपाका नेताहरुबाट सुनिन्छ । सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावल ओलीका कडा आलोचक भएका छन् देउवाभन्दा । अहिले ओलीको कडा विरोध गर्ने उनै रावल छन् ।
अहिले देउवा पारिवारिक मोहमा परेको गुनासो काँग्रेसको देउवा पक्षभित्र नै उठिरहेको छ । देउवाको ओलीसँगको नेक्ससका कारण सरकारका गलत कदममा समेत प्रमुख प्रतिपक्षी दल फितलो भएको छ ।
प्रतिक्रिया