इरानले अमेरिकी ड्रोन खसाल्यो, वासिङ्टनद्वारा पुष्टि
सारांश
- स्ट्रेइट अफ होर्मुजमाथिको अन्तराष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
- इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो।
- आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले ’अमेरिकालाई स्पष्ट सन्देश दिएको’ बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्ट्रेइट अफ होर्मुजमाथिको अन्तराष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो। आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले ’अमेरिकालाई स्पष्ट सन्देश दिएको’ बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्। “हाम्रो आकाश हाम्रो रेड लाइन हो र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको छ,“ अर्थसरकारी समाचार संस्था तसनिममाले अली सम्खानी उद्धत गर्दै भनेको छ। सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ’उत्तेजक व्यवहार’ देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।
उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो।
अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गल्फ अफ ओमानमा गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ । अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ। अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ। इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।
तेहरानले सन् २०१५ को परमाणु सम्झौताका अनुमति दिएको तीन सय किलोग्रामभन्दा बढि ’लो इनरिच्ड युरेनियम’ दुई साताभित्र भण्डारण गर्ने बताएपछि तनाव चुलिएको थियो । इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पारिएको सन् २०१५ को उक्त सम्झौताबाट अमेरिका एक वर्षअघि पछि हटेको थियो।
यसअघि रुस र चीनले दुवै पक्षलाई विवेक र संयमता प्रयोग गर्न आग्रह गरेका थिए । रुसी सहायक विदेशमन्त्री सर्गेई रियाबकफले अमेरिकाले जानाजान इरानलाई युद्धका लागि उक्साउने काम बन्द गर्नुपर्ने बताएका थिए । चिनियाँ विदेश मन्त्री वाङ् यीको चेतावनी चाहीँ इरानमाथि थोपरिएको चर्को दबाबले पूरै मध्यपूर्वमा सम्हाल्न नसकिने खतरा उत्पन्न हुनसक्ने भन्ने थियो। बिबिसीबाट
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् । ३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाका श्रीमान र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ । पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको सो घटना छोराले देखेपछि सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएको बताइएको छ ।
प्रहरी अधिकारी आकाश कुलहरीले पीडितका भाइ राजेश कुमारले दादोन प्रहरीमा निवेदन दिएर आफ्नी दिदीले दुई दिनअघि डराएको भावमा आफूलाई बचाउन फोनमा आग्रह गरेको जानकारी दिएका छन् । सुरुमा घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।
घटनापछि मनपाल र सन्तपाल दुर्गा दासका नामले चिनिने तान्त्रिक नदी तरेर बदाउ जिल्लातर्फ भागेका थिए । उजुरी प्राप्त भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने महिलाको शव नदीबाट निकालिएको छ । प्रहरीले तान्त्रिकविरुद्ध यसअघि पनि आपराधिक क्रियाकलापको रेकर्ड दर्ता भएको बताएका छन् ।
यो पनि पढ्नुस्
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्। सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए। दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्।
प्रतिक्रिया