विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने
सारांश
- एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार शनिवार शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीको पार्टी प्रवेश कार्यक्रम छ ।
- ओली उक्त कार्यक्रमका प्रमुख अतिथि हुन् ।
- कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुनेछ ।
एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार शनिवार शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीको पार्टी प्रवेश कार्यक्रम छ । ओली उक्त कार्यक्रमका प्रमुख अतिथि हुन् । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुनेछ ।
गत साउन ५ र पुस ४ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले चलाउने गरेका १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खातामार्फत आफैँ खरिद गर्ने र आफैँले बिक्री गरी सेयर मूल्य बढाउने आरोपमा पक्राउ परेका थिए । सेयर मूल्य निश्चित तहमा पुर्याएपछि उनले सेयर बिक्री गर्थे । आफैँ खरिद गर्ने र आफैँले बिक्री गर्ने क्रममा धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने गरेको प्रहरीले जनाएको थियो । उनले तिर्नुपर्ने पैसा नतिरेपछि पीडितले धितोपत्र बोर्डमा उजुरी गरेका थिए ।
दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पुस ४ मा पक्राउ गरेको थियो। १४ गते काठमाडौं जिल्ला अदालतले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटीमा छुटेका थिए ।
यो खबर सामाजिक सञ्जाल लगायत विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूको आधारमा तयार पारिएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया