यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्

सारांश

  • आर्थिक रुपमा कमजोर भएकै कारण नेपालीलाई विश्वका धेरै देशले भिसा दिन मान्दैनन ।
  • तर विश्वमा यस्ता केही देशहरु पनि छन् जहाँ नेपाली बिना भिसा नै मज्जासँग घुम्न सक्नछन् ।
  • नेपालीहरु पूर्व भिसा स्वीकृती नलिएरै पनि यी देशहरु घुम्न जान सक्छन् ।

आर्थिक रुपमा कमजोर भएकै कारण नेपालीलाई विश्वका धेरै देशले भिसा दिन मान्दैनन । तर विश्वमा यस्ता केही देशहरु पनि छन् जहाँ नेपाली बिना भिसा नै मज्जासँग घुम्न सक्नछन् । नेपालीहरु पूर्व भिसा स्वीकृती नलिएरै पनि यी देशहरु घुम्न जान सक्छन् । यी मध्ये केही देशहरुले नेपालीलाई आफ्नो एयरपोर्टमा आइपुगेपछि त्यहाँकै अध्यागमन विभागबाट ‘ अन अराइभल’ भिसा दिन्छन् भने कही नेपालीलाई भिसा नचाहिने देशहरु पनि छन् । तपाईसँग समय अवधि ननाघेको राहदानी छ भने यी देश पुग्न वा घुम्न जानु तपाईलाई धेरै कागजपत्र मिलाउने झन्झट पनि हुन्न र भिसा नपाइएला भनेर चिन्ता पनि गर्नुपर्दैन । तर जुनसुकै देशको पनि नियम कानून परिवर्तन भइराख्ने भएकाले त्यो देश जानु अघि भिसा प्रक्रियाको बारेमा बुझ्नु बुद्धिमानी हुन्छ । बिना भिसा जान सकिने देशहरुः

एशियामा नेपालीलाई भिसा नचाहिने देशहरु
कम्बोडिया जान नेपालीलाई भिषाको आवश्यकता पदैैन । एयरपोर्टमै अन अराइभल भिसा पाइने कम्बोडियामा नेपालीले ३० सम्म बस्न पाउँछन् । नेपालीलाई सबैभन्दा सजिलोसँग जान पाइने एसियन देश हो भारत । भारत जान नेपालीलाई कुनै भिषा चाहिदैन । त्यस्तै नेपालीले भारतमा निर्वाधरुपमा बस्न र काम गर्न पनि पाउँछन् ।

इण्डोनेसिया जान पनि नेपालीलाई भिसा चाहिदैन । इण्डोनेसिया बस्न नेपालीलाई ३० दिनसम्म भिषा चाहिदैन । नेपालीले लाओसमा अन अराइभल भिसाा लिन पाउँछन् र एक पटक भिसा लिएपछि ३० दिनसम्म बस्न सक्छन् । नेपालीले माल्दिभ्समा पनि अन अराइभल भिसा लिएर ३० दिनसम्म बस्न पाउँछन् । पाकिस्तान जान पनि नेपालीलाई भिसा चाहिदैन । त्यहाँ पनि नेपाली ३० दिनसम्म बस्न पाउँछन् ।

फिलिपिन्समा पनि नेपालीलाई भिसाा चाहिदैन । त्यहाँ पनि विमानस्थलमै अन अराइभल भिसा लिन सकिन्छ । एक पटक भिसा लिएपछि फिलिपिन्समा पनि ३० दिनसम्म बस्न सकिन्छ । नेपालीले बिना भिसा जान पाउने अर्को देश हो सिंगापुर । सिंगापुरमा ३० दिनसम्म बिना भिसा बस्न पाइन्छ । अन अराइभल भिसा लिएर नेपालीले इष्ट टिमोरमा पनि ३० दिनसम्म बस्न पाउँछन् ।

अफ्रिकामा नेपाली बिना भिसा जान पाउने देशहरुः
अफ्रिकी देश केप भर्डे, कोमोरोस, जिबोटी, गाम्बिया, गिनि बिसाउ, माडागास्कार, मौरिसेनियास, मौरिसस, मोजाम्बिक, सेनेगल, सइसेल्स, ताञ्जानिया, टोगो र युगााण्डा जान पनि नेपालीलाई पहिले नै भिसा लिनु पर्र्दैन । यी अफ्रिकी देशहरुमा नेपालीले अन अराइभल भिसा लिएर ७ देखि ९० दिनसम्म बस्न पाउँछन् ।

दक्षिण अमेरिकी महादेशको बोलिभियामा पनि नेपाली एयरपोर्टमै अन राइभल भिसा पाउछन् । बोलिभियाको अध्यागम विभागले नेपालीलाई ९० दिनको अन अराइभल भिसा दिन्छ ।

उत्तर अमेरिकी महादेशको डोमिनिका, हैटी, सेन्ट भिसेन्ट एण्ड दि ग्रेनेडिन्स, माइक्रोनेया लगायतका देशमा पनि नेपालीले बिना भिसा जान पाउँछन् । त्यस्तै पलाउ, सामोआ, तुभालु लगायतका देशमा पनि नेपाली भिसा बिना नै घुम्न पाउँछन् । यी देशहरुमा नेपालीले ३० दिनसम्मको अन अराइभल भिसा लिन सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?