चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने

सारांश

  • एजेन्सी- संसारको सबैभन्दा चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर सेवा सन् २०२०सम्‍म हटाउने भएको छ।
  • नाइन टू फाइभ गुगलको उत्पादनको खाका तयार गर्दै जानकारी दिने संस्थाले उद्दृत गर्दै जानकारी दिएको हो।
  • प्रविधि क्षेत्रको अग्रणी कम्पनीले सन् २०१३ मा नी च्‍याटको ठाउँमा ह्‍याङआउटलाई लिएर आएको थियो।

एजेन्सी- संसारको सबैभन्दा चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर सेवा सन् २०२०सम्‍म हटाउने भएको छ। नाइन टू फाइभ गुगलको उत्पादनको खाका तयार गर्दै जानकारी दिने संस्थाले उद्दृत गर्दै जानकारी दिएको हो। प्रविधि क्षेत्रको अग्रणी कम्पनीले सन् २०१३ मा नी च्‍याटको ठाउँमा ह्‍याङआउटलाई लिएर आएको थियो। तर कम्पनीले केही वर्षमै उक्त एपलाई अपडेट गर्न बन्द गरिदियो र एसएमएस सन्देशलाई समेत छुट्टै राखिदियो। यसकारण त्‍यसमा फिचरको कमी दिनप्रतिदिन महसूस हुँदै गयो।

वेबमा जीमेलमा ह्‍याङआउट अहिले पनि मुख्‍य रुपमा च्‍याटको विकल्पको रुपमा आउने गरेको छ। साथै गुगल प्ले स्टोरमा समेत उपलब्ध छ। गुगल ह्‍याङआउट एउटा सम्पर्क मञ्‍च हो जसमा कम्पनीले विकास गरेको थियो। यसको माध्‍यमबाट म्‍यासेजिङ, भिडियो च्‍याट, एमएमएस तथा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल फिचर समेत समावेश छ। केही समीक्षकका अनुसार ह्‍याङ्ग आउट एप धेरै पुरानो तथा त्‍यसमा बक्स देखाउने गर्दछ र यो प्रदर्शन एक प्रकारको मुद्दा हो प्रयोगकरताको लागि।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?