‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
सारांश
- प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले तराई(मधेश बाढि र डुवानमा पर्नुमा भारतको कुनै हात वा दोष नरहेको स्पष्ट पारेका छन् ।
- नेपाल सरकारले नै गर्नुपर्ने आवश्यक काम नगरेको कारण २ नम्बर प्रदेश डुवानमा परेको उनको दाबी छ ।
- यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मुख्यमन्त्री राउतसँग गरेको कुराकानीको सम्पादित अंश स्यहाँको प्रदेशको पछिल्लो अवस्था के छ रु अपडेट गराउनुहोस त रुपछिल्लो अवस्था भनेको पानी कम परेर बहाव घटेको छ ।
प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले तराई(मधेश बाढि र डुवानमा पर्नुमा भारतको कुनै हात वा दोष नरहेको स्पष्ट पारेका छन् । नेपाल सरकारले नै गर्नुपर्ने आवश्यक काम नगरेको कारण २ नम्बर प्रदेश डुवानमा परेको उनको दाबी छ । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मुख्यमन्त्री राउतसँग गरेको कुराकानीको सम्पादित अंश स्यहाँको प्रदेशको पछिल्लो अवस्था के छ रु अपडेट गराउनुहोस त रुपछिल्लो अवस्था भनेको पानी कम परेर बहाव घटेको छ । विस्तारै पानी घट्दै गैरहेको छ ।
सबैभन्दा बढि प्रभावित बनेको भनिएको रौतहटको अवस्था के छ ?
अहिले रौतहटको अवस्थापनि सामान्य हुँदै गैरहेको छ । हुन त यो जिल्ला धेरै नै प्रभावित बनेको थियो । तर, अब विस्तारै अवस्था सामान्य हुँदै गैरहेको छ । हाम्रो प्रदेशका ८ वटै जिल्लामा अहिले हिजो अस्तिको भन्दा अवस्थामा सुधार आएको छ । कमसेकम जनताहरुले राहतको अनुभुति गरिरहेका छन् । तर पनि बाढी तथा पहिरोले धेरै भन्दा धेरै क्षति गरेको छ । कटान र डुवानको ठूलो समस्या छ । यसलाई सामान्यीकरण गर्नको लागि महिनौं, वर्षौं लाग्छ ।तपाईहरु सरकारमा हुनुहुन्छ, प्रदेश सरकारले उद्धार र राहतमा कुनै कमी पुर्याएको छैन भन्दा हुन्छ रु
हामीले हाम्रो स्रोत र साधनअनुसार प्रयास गरिरहेका छौं । हामी अहिले निकै लागिपरिरहेका छौं । खटिरहेका छौं । हामीले आफ्नो भूमिका र जिम्मेवारी जे हो त्यो निर्वाह गरिरहेका छौं ।तरपनि त्यहाँका जनताको अवस्था अहिलेपनि जटिल छ रु तपाईहरुले थप केही राहतको व्यवस्था गर्ने सोच्नुभएको छैन रु मधेशमा के कारणले डुबान हुन्छ रुअहिले प्राकृतिक स्रोत र साधनमाथि अतिक्रमण बढ्दो छ । ढुंगा, बालुवाको उपयोगको नाममा चुरे दोहन हुँदैछ । त्यस्तै, हामीले बाढि, पहिरो लगायतका प्राकृतिक विपदबाट बच्नको लागि र क्षति नहोस भन्नका लागि पूर्व तयारी गर्नुपर्छ । ठूला–ठूला तटबन्धहरु बनाउनुपर्ने रहेछ । जुन कुरा सामान्य बजेटले हुँदैन रहेछ । रौतहटकै कुरा गर्ने हो भनेपनि बाग्मती र लालबकैयाजस्ता ठूला ठूला नदि छन् । त्यसबाट बच्नको लागि ठूलै तटबन्ध बनाउनुपर्ने आवश्यकता छ । यसको लागि लगानीपनि ठुलै लाग्छ । यो काम हामीले गर्नैपर्ने काम हो । तर, हामीले गरिरहेका छैनौं । यसको लागि सरकारको तर्फबाट पनि पूर्व तयारी हुनुपर्दथ्यो । हामीलाई पहिलेदेखि नै थाहा छ कि यो मौसममा बाढि, पहिरो र कटानको समस्या हुन्छ भनेर । अनि हामी यसको लागि आवश्यक पूर्व तयारी केही पनि गर्दैनौं ।
उसो भए बाढि, पहिरो र डुबान समस्या समाधानको लागि प्रदेश सरकारले चाहीँ के गर्दै छ त रुप्रदेश सरकारको बजेट नै कति हुन्छ र रु हाम्रो बजेटले एउटा पनि तटबन्ध निर्माण गर्नसक्ने अवस्था छ र रु यसको लागि बजेट, योजना र तयारीका साथ काम गर्नुपर्छ । यी सबै ठूला परियोजना हुन । यसमा हाम्रो बस चल्दैन । हामीले त ५, १० करोडको काम गर्न सक्छौं । त्यो भन्दा बढि के गर्न सक्छौं र रु हाम्रो प्रदेशका ८ वटै जिल्ला एकदमै प्रभावित छन् । सबै जिल्ला डुवानको खतरामा छनु । अलिकित मात्राको फरक होला । यसको दिर्घकालिन समाधानको लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको आवश्यकत्ता छ । विशेषगरेर संघीय सरकारले एउटा स्थायी निकास दिओस् ।
तराईमा डुवान र कटानको समस्या चाहीँ भारतको कारणले भएको हो भन्नेहरु पनि धेरै छन् नि रु यसमा बास्तविकता के हो रुतपार्ई आफ्नो काम चाहीँ नगर्ने अनि अरुलाई गाली गरेर र दोष लगाएर हुन्छ त रु हाम्रो बाग्मतीको तटबन्ध पनि भारतले नै आएर बनाईदिओस भनेर हुन्छ । आफू काम नगर्ने अनि अरुलाई औंला ठड्याउने रु यो त भएन नि रु नेपाल सरकारले अहिलेसम्म के गरेको छ रु अरवौं, खरबौंको बजेट विनियोजन गरेको छ, अहिलेसम्म यसले के गरेको छ रु भारतले आफ्नो जनताको रक्षाको लागि काम गरेको छ । नेपालले पनि अरुलाई दोष लगाउनु वा औंला ठड्याउनुभन्दा पनि आफूले के गर्ने हो त्यो गनुपर्छ । आफू केही काम नगर्ने अनि दोष चाहीँ अरुतिर लगाउने रु यो त सुहाएन नि ।
उसो भए भारतलाई गाली गरेर मात्रै समस्याको समाधान हुँदैन भन्ने तपाईको भनाई हो रुतपाई आफ्नै हेर्नुहोस । आफ्नो तयारी गर्नुस न । बाग्मतीको तटबन्ध कसले तयार पार्ने रु ठूलो ठूला ड्याम कसले बनाउने रु अरुलाई गाली गरेर सन्तुष्टि लिएर हुँदैन । हाम्रो मुलुकभित्रका गर्नुपर्ने सबै काम गर्नुपर्छ । अरुलाई गाली गरेर मात्रै बस्ने हो र रु हाम्रो चुरेको गिटी, बालुवा कसले दोहन गरेको हो रु चुरेमा अनियन्त्रित बस्ती बसाल्ने काम कसले गरेको हो रु अनियन्त्रित जंगल फडानी कसले गरेको हो रु
चुरे दोहन रोक्नको लागि तपाईले पनि पहल गर्नुभएको होला नि ?
अब, हामीले त गरिरहेका छौं । सिमित स्रोत र साधनको बावजुद पनि हामी त काम गरिरहेका छौं । प्रदेश सरकारभित्र जंगल छ, तर वन मन्त्रालयले जंगल फडानीको कसले गरिरहेको छ किन गरेको छ भनेर त्यो पनि जानकारी गराईराखेको छैन् ।
उसो भए उद्धार र राहतको लागि यहाँहरुले के–के गरिरहनुभएको छ ?
हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्म उद्धार तथा राहतमा खटिरहेका छौं । अस्तिनै हामीले मन्त्रिपरिषद बैठक बसेर निर्णय गर्यौं । प्रभावित अवस्था हेरेर राहत दिने निर्णय गरेका छौं । प्रति मृत्तक तीन लाख दिने पनि निर्णय गरेका छौं ।
प्रतिक्रिया