कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
  • छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले बालबालिकको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयहरु एकापसमा गाभेर गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “निजी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको छ तर नाफामुखी नभई लोककल्याणकारी ढङ्गले चल्नुर्छ । समाजवादउन्मुख संविधानको भावनाबमोजिम सामुदायिक विद्यालयलाई गुणस्तर वृद्धिमा लाग्नुपर्छ ।”

उहाँले राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारित रही विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्चशिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणका क्रममा सरोकार भएकाहरुसँग निरन्तर छलफल गरिने विश्वास दिलाउनुभयो ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले निजी विद्यालयको अस्तित्वलाई अस्विकार गर्न नसकिने भए पनि अभिभावकसँग बढी शुल्क र शिक्षकलाई कम तलब दिने प्रवृत्ति अन्त्य गर्न माग गर्नुभयो ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले आफूहरुलाई पूर्वाग्रह गरेको गुनासो गर्नुभयो । सभामा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललगायतले साधारणसभा सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति
सरकारले बनायो वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
नाच्दा नाच्दै एकजनाको मृत्यु
नाच्दा नाच्दै एकजनाको मृत्यु
ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!
ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग