आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर

सारांश

  • एजेन्सी।
  • आईसीसी विश्व कप २०१९ को यात्रा पूरा भएको छ।
  • र, इंल्याण्डले विश्व च्याम्पियनको उपाधि आफ्नो नाम गरेर इतिहास रचेको छ।

एजेन्सी। आईसीसी विश्व कप २०१९ को यात्रा पूरा भएको छ। र, इंल्याण्डले विश्व च्याम्पियनको उपाधि आफ्नो नाम गरेर इतिहास रचेको छ। यो विश्व कपमा केही यस्ता खेलाडी पनि थिए, जो आफ्नो अन्तिम विश्व कप खेलिरहेका थिए। फ्यानलाई ती खेलाडीबाट धेरै आशा थियो। आफ्ना प्रिय खेलाडीले यो विश्व कपमा राम्रो खेल्छन् भन्ने उनीहरुको अनुमान थियो।

तर ती खेलाडीले फ्यानले अनुमान गरेजस्तो खेल्न सकेनन्। टीम इण्डियाका पूर्व कप्तान एमएस धोनीसहित केही खेलाडी यस्ता थिए जसले आफ्नो अन्तिम विश्व कपमा अपेक्षा गरे अनुसार खेल्न सकेनन्।

क्रिस गेल
वेस्टइण्डिजका ब्याट्सम्यान क्रिस गेलको यो अन्तिम विश्व कप थियो। उनले अन्तिम विश्व कपमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो। तर उनले राम्रो प्रदर्शन गर्न सकेनन्। विश्व कप सुरु हुनु भन्दा पहिला नै गेलले आईपीएलमा आफ्नो धमाकेदार ब्याटिङ गरेर राम्रो प्रदर्शन गर्ने संकेत गरेका थिए। उनका प्रशंसले विश्व कपमा पनि उनको ब्याट निकै चल्ने अनुमान गरेका थिए। तर गेलले विश्व कपमा ९ खेलमा ३०.२५ को औसतमा मात्र २४२ रन बनाउन सके। यसमा उनले दुई अर्धशतक बनाए। न्युजिल्याण्ड विरुद्धको खेलमा गेलले ८७ र पाकिस्तान विरुद्धको खेलमा ५० रनको पारी खेले।

एमएस धोनी
टीम इण्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीको पनि यो अन्तिम विश्व कप हुन सक्छ। धोनी यो विश्व कपमा खेल्छन् भन्ने निकै कम अनुमान थियो। उनका फ्यान भारतीय टीम विश्व कप जितेर धोनीलाई सम्मान पूर्वक विदाइ गरेको हेर्न चाहन्थे। तर त्यस्तो हुन सकेन। धोनीले राम्रै रन बनाएका भएपनि उनले राम्रो ब्याटिङ नगरेको भन्दै चर्को आलोचना भयो। धोनीले यो विश्व कपमा १० खेलमा ४५.५० को औसतले २७३ रन मात्र बाउन सके। जसमा उनले दुई अर्ध शतक बनाए। यो क्रमा धोनीको स्ट्राइक रेट ८७.७८ रह्यो। यसमा धोनीको अफगानिस्तान विरुद्धको खेलमा ५२ बलमा २८ को पारी पनि समावेश छ। त्यसपछि उनको आलोचना सुरु भयो।

लसिथ मालिंगा
श्रीलंकाका तीव्र बलर लसिथ मालिंगाले पनि आफ्नो अन्तिम विश्व कप खेले। ३५ वर्षका मालिंगाले पहिला नै यो विश्व कपमा आफ्नो अन्तिम वनडे खेल्ने र आगामी वर्ष टी–२० को विश्व कप आफ्नो अन्तर्रा्ष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका थिए। मालिंकालागि यो विश्व कप खास हुन सकेन। इंल्याण्ड विरुद्ध भएको खेललाई छोड्ने हो भने विश्व कपमा उनले प्रभावित बनाउने कुनै खेल खेल्न सकेनन्। यो विश्व कपमा उनले ७ खेलमा २८.६९ को औसतले १३ विकेट लिए।

इमरान ताहिर
दक्षिण अफ्रीकाका सबै भन्दा सीनियर खेलाडी इमरान ताहिरका लागि यो विश्व कप उनको करियरको कालो अध्याय भन्दा कम भएन। किनभने यो विश्व कपमा उनको प्रदर्शन मात्रै होइन, उनको टीमको प्रदर्शन नै लज्जास्पद रह्यो। ४० वर्षका ताहिर विश्व कप भन्दा पहिला आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए। इमरान ताहिरले आफ्नो करियरको अन्तिम विश्वकपमा अष्ट्रेलिया विरुद्ध खेले। इमरान ताहिरले यो विश्व कपमा ९ खेलमा मात्र ११ विकेट लिए।

शोएब मलिक
पाकिस्तानका सबैभन्दा सीनियर खेलाडीले पनि अब क्रिकेटलाई बाइ बाइ भनिसकेका छन्। शोएब मलिकले विश्व कपमा बंगलादेश विरुद्ध आफ्नो करियरको अन्तिम खेल खेले। शोएब मलिकालागि पनि यो विश्व कप कुनै खराब सपना भन्दा कम रहेन। शोएश मलिकले विश्व कपमा तीन खेल खेले, जसमा उनले मात्र ८ रन बनाए भने एक विकेट लिए।

साउन महिनामा हरियोको महत्व
असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ । सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको देखिन्छ । साउनमा हरियोको खोजीमा पसल पसलमा भौतारिएका भीडको अनुहारमा देखिने उत्साहले वरपरको वातावरणलाई नै हर्षित बनाएजस्तै लाग्छ । यतिबेला प्रायःमहिलाको हातमा हरियो चुरा, फुल बुट्टे मेहेन्दी र हरियो पहिरनमात्र देखिन्छ । यो माहोलले हरियो रङमा रुचि नहुनेलाई रुचि बढाएको छ । सबैखाले उमेर समूहका महिला अहिले कस्मेटिक पसल, फेन्सी पसल र बुटिकमा हरियोमा पनि परिमार्जित रङ र फेशनएवल डिजाइनका सौखिन बढी छन् ।

कलेज पढ्ने युवतीदेखि चालिस कटेका महिलाको लागि पनि अहिले हरियो पहिरन सहज बनेको छ । साउनमा हरियो धेरै प्रसङ्ग र जनविश्वाससँग जोडिएकाले पनि लगाउनुपर्छ भन्ने मान्यता एकातर्फ छ भने समयअनुसारको बदलिँदो फेशनशैलीले झनै आकर्षण बढाएको देखिन्छ । अधिकांश कलेजका युवतीले असारदेखि नै हरियो ड्रेसको डिजाइन छनोट गर्ने गर्छन् । न्यूरोडस्थित इगल आइज फेशन होमका प्रबन्धक, डिजाइनर राधा ढकालका अनुसार तीजमा जतिकै साउनमा पनि हरियो ड्रेसको अर्डर बढी हुन्छ ।

अचेल हरियो रङमा अन्य रङहरू मिसिएको कन्ट्रास्ट डिजाइन सबै उमेर समूहका महिलाको पहिलो रोजाइमा पर्ने गरेको छ । साउनमा पर्ने पाँचवटा सोमवारमा शिव मन्दिरमा देखिने भीडमा अचेल पाको उमेरभन्दा युवतीहरू बढी हुन्छन् । यो भीडको माहोलमा देखिने हरियो पहिरनसँग भगवान् शिवप्रतिको अगाध विश्वास र आस्था जोडिएकोले माहोल बढेको प्रष्ट देखिन्छ । आस्था र विश्वास समाजको एउटा पक्ष भए पनि कुनै कुराबाट प्राप्त हुने अलौकिक आनन्द र खुशी जीवनको अर्काे पक्ष हो । यो दुवैको समायोजनले सबै उमेर समूहका महिलालाई खुशी बनाएको छ । हातमा मेहेन्दीको बुट्टा हेर्दै रमाइरहुनु भएकी बालुवाटार निवासी निर्मला गुरागाई साउनको पहिलो सोमवार बसन्तपुरको शिव मन्दिरमा निकै रमाइलो मुडमा भेटिनुभयो । उहाँले फुलबुट्टे हरियो साडी, हरियो चुरा र मेहेन्दी देखाउँदै रहर पुग्ने गरी नै सेल्फी खिच्नुभयो । साउन भगवान् शिवको मनपर्ने महिना भएकाले भगवान् खुशी बनाउन शिवजीलाई मनपर्ने रङ्ग लगाएर खुशी भएको बताउने निर्मलाले एक महिना अघिदेखि नै साउनको लागि हरियो साडीको जोहो गरेको सुनाउनुभयो ।

साउनमा शिवालयमा भेटिने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान् शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् । यस्तै, धेरै महिलाको जमघट हुने पशुपतिमा पनि प्रायः साउनभरि नै युवती हरियो पहिरनमै बढी भेटिन्छन् । विवाहिताका लागि मेहेन्दी, हरियो चुरा र पहिरन सौभाग्यको प्रतीक हो भने अविवाहित महिला यसलाई उत्सुकता जगाउने रमाइलो माध्यमको रूपमा बुझ्छन् । कतिपयका लागि भने हरियो फेशनयेवल बन्ने काइदा हुने गर्छ ।

यो महिनामा गरिने हरेक क्रियाकलापमा रमाइलो सौख, उत्सुकता, जिज्ञासा र आस्था जोडिएको छ । यसभित्र पारिवारिक सुख, प्रेम र विश्वासलाई बलियो बनाउने अन्र्तनीहित सोच र भावना पनि जोडिएको छ । जसले जीवनयापनलाई अझै सुखमय र विश्वासिलो बनाउने आधारको सिर्जना गर्ने देखिन्छ । किनभने हरेक मानवीय क्रियाकलाप माया, विश्वास, प्रेम र खुशीमा नै अडिएको छ । साउने हरियो पनि हाम्रो समाजमा यस्तै अनेकौँ बिम्ब र प्रतीकको बीचमै घुमिरहेको छ । जसलाई पछ्याउने महिला जमात पनि यही सेरोफेरोभित्र नै जीवनका रहर र खुशीहरू खोजिरहेका भेटिन्छन् ।

माया र विश्वास बढाउँदै हरियो
साउन महिनामा बोटबिरुवाले रङ फेरेर पहेलो पालुवालाई हरियो बनाएजस्तै आफूले लगाइरहेको कुनै हरियो सामग्रीबाट मनलाई प्रकृति र मायामा अङ्कुरण गर्न सक्नु ठूलो कुरा हो । यो परिवर्तनले एउटा जीवनचक्रलाई नै सूचारु गरिरहेजस्तै मनले अनुभव गर्ने पविर्तनमा पनि अपार खुशी र रमाइलो पक्ष निहित छ । त्यसैले साउन महिना र यसका हरेक प्रसङ्गलाई मनभित्रको माया, खुशी र आनन्दसँग जोड्न सकिन्छ । विज्ञकाअनुसार प्रकृतिमा घुलेको यो हरियो रङले मनलाई तत्कालै फुरुङ बनाउन सक्ने सामथ्र्य राख्छ ।

साउनमा अहिले देखिएको यो हरियोको मौसम प्रकृतिसँग मनको मेल पनि हो । जसले मनमा प्रेम र खुशीको मात्र सञ्चार गरिरहेको साउनप्रेमीहरूको अनुभव छ । । जीवनमा कोही पनि रङहिन जिन्दगी चाहदैन् । रङहरू जस्तै उल्लासमय र रङ्गिन जिन्दगी सबै चाहन्छन् । कन्या र मिथुन राशि हुनेहरूका लागि साउनमा हरियोको महìव अझै बेग्लै छ तर साउनमा हरियोको महिमा धेरै कुराले बेग्लै छ । रातो, हरियो र नीलो र पहेँलो रङमा धेरैका आशा, अपेक्षा, माया, विश्वास र प्रेमको भाव अडिएको छ । यो सबैलाई मनपर्ने रङ हो । यीमध्ये रातो र हरियोको महìव साउनमा अपार छ ।

हरियो शान्तको प्रतीक हो । रङविद् हरियोलाई मनमा सकारात्मक र आनन्दको ऊर्जा सञ्चार गर्ने रङ मान्छन् । यस्तै, रातो माया र विश्वास, सौभाग्यको पहिचान हो । पहेलो रङ पवित्रताको प्रतीक हो । यी रङहरूको मेलले जीवनमा नयाँ खुशी र आनन्दको सचार गर्छ भने यसलाई किन प्रयोग नगर्ने भन्ने महìवपूर्ण कुरा हो । साउन महिनालाई रमाइलो बनाउने धेरै पक्षमध्ये हरियोको प्रसङ्ग रोचक छ । विशेषगरी महिलाका लागि माया र विश्वासको भाव सञ्चार गर्ने महिनाको रूपमा पनि लिइन्छ । साउनको पर्खाइमा बस्नेका लागि यो महिना मनभरि आनन्द र खुशीको सञ्चार गर्ने महिनाको रूपमा पनि रहन्छ । प्रकृतिको हरियालीसँग मनलाई पनि सामेल बनाएर आनन्द र खुशी हुने महिनाको रूपमा महिलाका लागि विशेष महìव छ । धार्मिक आस्था, विश्वाससँगै फेरी हरियालीको कुराले मनमा प्रकृतिसँगको अन्तरमिलन बोध गराउँछ ।

प्रेमको महिना साउन
साउनलाई प्रेमको महिना मानिन्छ । मनमा नयाँ, जोश जाँगर, उत्साह, प्रेम र प्रणय भावलाई सङ्केत गर्ने महिनाको रूपमा पनि लिन्छन् । साउनको महिमालाई बुझेर या जानी नजानी प्रयोग गरिने विशेष महìवका सामग्रीमा यस्तै माया, विश्वास र प्रेम नै लुकेको छ । साउनमा लगाइने हरियो चुरा, मेहेन्दी, पहेलो, रातो र हरियो पहिरनमा जीवनमा धेरै आशा, अपेक्षा र विश्वास जोडिएको छ । यो सबै अन्ततः माया र प्रेमकैै लागि हुन् ।

दाम्पत्य सुखको प्रसङ्ग, माया गर्नेको प्रतीकात्मक सम्झना, कल्पना, हुनेवाला मायालुको सम्झनामा जोडिएको साउनको व्रत, मेहेन्दी, चुरा, पोते र हरियोको सबै प्रसङ्ग पनि साउनको महिमासँगै जोडिएकाले यो महिना अझै विशेष छ । यसभित्र लुकेको प्रेम र मनमा अनुभव हुने रमाइलो पक्ष जीवनमा अन्य कुराबाट प्राप्त हुने रमाइलोभन्दा बेग्लै छ । यसमा पनि एक आपसको सद्भाव र विश्वासलाई अझै बलियो बनाउने माध्यमका रूपमा महिला अचेल साउनलाई लिन्छन् ।

धार्मिक मान्यताअनुसार हरियोको महिमा
जानकारहरूका अनुसार साउन महिना आराध्यदेव शिवजीको महिना भएकाले यसको महìव अपार बन्दै गएको हो । समयअनुसार मनाउने शैलीमा आएको परिवर्तनले रमाइलो माहोल बनाएको छ । सबैभन्दा ठूलो देवका पनि देव भगवान् खुशी बनाउन साउनमा धेरै कुराहरू गरिनेमध्ये हरियो एक हो । शिवजी खुशी बनाउन साउनमा हरियो पहिरन लगाउने गरेको प्रसङ्गबारे जानकारहरू भन्छन् हरियो नलगाए शिवजी रिसाउने पो हुन की भन्ने डरले पनि अचेल हरियो लगाउनेहरू बढेका हुन् । यो बाहेक साउनमा हरियो रङ प्रकृतिसँगको सामीप्यताले गर्दा पनि मान्छे खुशी भएर लगाउन चाहन्छन् । हरियाली हेर्दा आँखालाई पनि राम्रो, खाँदा स्वास्थ्यलाई पनि राम्रो, लगाउँदा पनि राम्रो, मनलाई आनन्दित बनाउने गुण हुन्छ । धर्मको आधारमा मात्र नभएर यस्ता विविध उपयोगका दृष्टिले पनि हरियोको महìव धेरै भएको उहाँको भनाइ छ । लक्ष्मी खतिवडा

नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ। दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो।

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ।

अध्यक्षद्वयले यो प्रक्रिया टुंगोमा पु¥याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए। जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले बताए। ‘एकताका सम्पूर्ण प्रक्रिया अब टुंगिएको छ’, महासचिव पौडेलले भने, ‘अब तुरुन्तै पार्टी सचिवालय बैठक बसेर टुंगिएको प्रस्ताव अनुमोदन गरेर सार्वजनिक गर्छाैं। ’

नेकपाका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्र्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो।

३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने भएका छन्। यस्तै ३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा परेको छ। ७७ जिल्ला इन्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीले पाएका छन्।

जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिँदा कुन मापदण्डका आधारमा दिने भन्नेमा नेताहरूबीच लामो रस्साकस्सी भएपछि प्रक्रिया लम्बिएको थियो। वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारीका आाधारमा केन्द्रीय सदस्यको कार्य्विभाजन गर्न नहुने अडानमा रहेपछि साबिक दुवै पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज रहेका नेतालाई नै जिम्मेवारी दिने गरी सहमति भएको थियो।

एकताका सम्पूर्ण प्रक्रिया टुंगिएको छ। अब तुरुन्तै सचिवालय बैठक बसेर अनुमोदन गरी सार्वजनिक गर्छाैं। ’ –महासचिव विष्णु पौडेल

जिल्ला अध्यक्ष र सचिव चयन गर्दा पनि नेताहरूबीच विवाद देखिएपछि साबिक जिल्ला अध्यक्ष र सचिवबाटै नेतृत्व दिने समझदारीमा जिल्ला कमिटी गठन गरिएको थियो। अहिले जिल्ला इन्चार्ज र सहइन्चार्जमा पनि त्यही विधि अवलम्बन गरी नेकपाले केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेको हो। उसले कुन नेताले कहाँ के जिम्मेवारी पाए अहिले गोप्य राखेको छ।

सचिवालय बैठकपछि मात्र टुंगिएको कार्य्विभाजन प्रस्ताव छलफलमा ल्याई अनुमोदन गर्ने र त्यसपछि मात्र सार्वजनिक गर्ने तयारी नेकपाको छ। बैठक साउन ५ गतेका लागि तोकिएको छ। पूर्व माओवादीले पाएको भागबन्डामा अध्यक्ष दाहाल र पूर्व एमालेले पाएको भागबन्डामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसँगको समेत समझदारीका आधारमा नाम चयन गर्नेछन्।

केन्द्रीय विभागको नेतृत्वमा करिब ५५–४५ प्रतिशतका आधारमा भागबन्डा लगाई जिम्मेवारी बाँडफाँड लगाइएको नेकपा स्रोतले बतायो। नेकपाका ३२ केन्द्रीय विभाग छन्। संगठन, आर्थिक, विदेश, प्रचारलगायत विभाग भने उसले सचिवालय सदस्यबाटै नेतृत्व लिने गरी टुंगो लगाएको छ। अन्य विभागको नेतृत्व भने स्थायी समिति सदस्यलाई दिइएको छ। संगठन विभागको नेतृत्वमा नेकपाभित्र पेचिलो विवाद थियो। तत्कालीन नेकपा र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता घोषणा भए पनि एकता प्रक्रिया टुंगिएको थिएन। अन्नपूर्णपोष्टबाट

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर
काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ। अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्का्तिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन्। उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले भने, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ।”

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन्। कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उनले बताए। उनले भने, “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ।”

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन्। सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ।

देशभर २४३ सडक पुलको निर्माण
सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ। गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ।

यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो। विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताए। एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए। उनले भने, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ।”

चालू आवको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ। तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाइ छ। उनले भने, “आगामी वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ।”

पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। आव २०७४र७५ मा ८४ र आव २०७३र७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो। सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्ष्भित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा रु दुई अर्ब ३८ करोड विनियोजन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?