केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार

सारांश

  • केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु ।
  • केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली चेलीहरुमाथि दुव्र्यवहारका घटना बाहिर आयो ।
  • केन्याको पत्रपत्रिकामा १२ जना नेपाली चेलीबाट सनसनीपूर्ण खबर बनेपछि सरकारको ध्यान गयो ।

केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु । केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली चेलीहरुमाथि दुव्र्यवहारका घटना बाहिर आयो ।केन्याको पत्रपत्रिकामा १२ जना नेपाली चेलीबाट सनसनीपूर्ण खबर बनेपछि सरकारको ध्यान गयो । एउटै अर्पाटमेन्टमा राखिने र साँझको ९ बजे बारमा पुर्याइन्थे चेलीहरु । विहान ३ बजे पुनः अर्पाटमेन्टमा फर्काइन्थ्यो ।

बार चलाएका थिए असिफ जेठा नामका केन्याली नागरिकले । बारमा यौन शोषणको विषय बाहिर आयो । मानव तस्करको संगठित समूहका नाइके जेठा केन्याको सुरक्षा निकायमा समेत प्रभाव बनाउन सकेका थिए । तर, उनी पत्रपत्रिकामा व्यापक खबर छापिन थालेपछि पक्राउ परे । उनीमाथि मानव तस्कर, मानव तसकरको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लाग्यो ।

यी खबरहरु जानकारीमा आएपछि नेपाल सरकारले कुटनीतिक पहल गरेर १२ नेपाली चेलीलाई उद्दार गरेको छ । नेपाल प्रहरीका अनुसार उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवासीय राजनीतकि मिसनसम्म सम्पर्क गर्यो । केन्यामा नेपालको आवासीय दूतावास नभएकाले दक्षिण अफ्रिकास्थित नेपाली दुतावासबाट पहल भएको थियो । दुतावासले केन्याको डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थासँग सहकार्य गर्यो ।

निकै मिहेनतपछि २ साउनमा नेपाली चेली नेपाल ल्याइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा १२ जना चेली भारतको बाटो हुँदै केन्या पुगेको खुल्न आएको छ ।

नेपाल प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्रा्ष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रहोबरमा उनीहरुलाई ३ साउनमा आफन्तको जिम्मा लगाइएको छ । महिलाहरुलाई केन्या पुर्याइएको घटनाको अनुसन्धान जारी रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

कस्तो थियो रङ्गिला ?

रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे । गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे । बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो । जहाँ यौन शोषण गरिन्थ्यो ।

बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो । असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो ।

बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो । जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।

बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।

कसरी लगिए केन्या ?

विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र विस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।

पहिल्यै पैसा पाएपछि लोभिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे । उनीहरु टुरिष्ट भीसामा त्यहाँ पु¥याइए । नेपाली चेलीलाई केन्या पु¥याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण
मकवानपुर र गोरखामा सालकको सर्वेक्षण
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान
हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक

तपाईंले छुटाउनुभयो कि?