रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो।
  • रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता गर्यो।

काठमाडौं। नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता गर्यो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो। भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए। देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहेको बताइएको छ। रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो। सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो।
रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ। देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए। गोयल नेतृत्वको टोलीमा रअको तर्फबाट नेपाल डेक्स नियाल्ने अरुण जैन, सोही संस्थाका उच्च अधिकारी शशीभूषण सिंह, भारतीय मन्त्रिपरिषद् नियाल्ने एक सचिव समेत सहभागी रहेका थिए।

सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ। विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ। सत्तारुढ दलभित्र सत्ता नेतृत्व हेरफेर हुने वहस चलिरहेका बेलाको यो भेटवार्तालाई नेकपा पदाधिकारीले अर्थपूर्ण रुपमा लिएका छन्।

नेपाल समाचारपत्रका अनुसार नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले प्रचण्डलगायत अन्य नेतालाई भेटेर फर्किएको एक महिना बित्न नपाउँदै भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको नेकपाका एक नेताले बताए।

यसैबीच रअ टोलीले सोमबार अपरान्ह प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिका सभापतिसँग पनि सामूहिक भेटवार्ता गरेको छ। दुवै संसदका सबै समिति सभापतिलाई डिनर सहितको भेटवार्तामा बोलाइए पनि शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल भने व्यस्तताको कारण जनाउँदै सो जमघटमा सहभागी भएनन्।

अनुपस्थित हुनुपर्ने कारणबारे सोधिएको जिज्ञासामा सभापति पालले भन्नुभयो– ‘न भारतीय स्वतत्रता दिवस, न त गणतन्त्र दिवस त्यसैले बिनाप्रसङ्ग दूतावास जान उचित लागेन।’

उनका अनुसार सोमबारको जमघटका लागि दूतावासले डेढ साता अघि नै निम्तो पठाइएको थियो। सो जमघटमा सत्तारुढ दलकी सांसद पम्फा भुसाल, कांग्रेस नेता बालकृष्ण खाँडलगायका अन्य केही सांसद पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ।

‘मिसन पूरा भएकोले’ रअ टोली फिर्ता
पाँच दिनको भ्रमणका लागि नेपाल आएको टोली आकस्मिक रुपमा भ्रमण अवधि छोट्याएर सोमबार साँझ दिल्ली फर्किएको छ।

समिति सभापतिहरुसँगको भेटवार्तालगत्तै रअ प्रमुख गोयल सहितका अधिकारी दूतावासबाट बाहिरिएको थियो। दूतावासबाट हायात होटल पुगेको टोली त्यसलगत्तै साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेको सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ। सोमबारै फर्किनुको कारणमा स्रोतले भन्यो, ‘मिसन पूरा भएकोले थप बसिरहनु आवश्यक भएन।’

हिन्दु धर्मम सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो पेट भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ। शिव महापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जात हुने, पुजागर्ने तिथिमिति, बिधि, बिधानमा एकरुपता छ । तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ ।

जस्तै
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ ्र डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ ्र दार्चुलामा लटिनाथ रलट्बाव (गणेश ) भनिन्छ ्र गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन् ।

गणेशको रूपले के बुझाउछ ?
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो(आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।

शिर
भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
पेट

भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू
भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन
भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।

भगवान श्री गणेशको जन्म
(भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”

यसो सुनेर माता पार्व्ति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ। गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ। गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ। श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ

मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
देशका विभिन्न स्थानहरुमा मेग गर्जन गराउने बादल विकसित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ७ साउनको मध्यराति जनाए अनुसार मेग गर्जन गराउने बादलको विकास हुने प्रणाली अझै शशक्त हुँदै जाने देखिन्छ ।

महाशाखाले गएराति काठमाडौं आसपासका जिल्ला र मध्य तराईका जिल्लाहरुमा वर्षा भएको जनाएको छ । बादल विकास हुने प्रणाली अझै शशक्त हुने भएकाले वर्षाको थप सम्भावना छ ।

एक हप्ता अघि अविरल वर्षापछि थाम्मिएको आकाश पुनः सक्रिय भएको छ । यसले अबको केही दिनमा पुनः वर्षाको सम्भावना बढाएको छ ।

दश दिन अघि भएको वर्षाले देशभर ठूलो धनजनको क्षति गरेको थियो । बाढी र पहिरोको खतरा टरेपनि फेरि वर्षाका सम्भावना रहेका क्षेत्रमा शतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

असार ७ गते मंगलबारको राशीफल यस्तो छ
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

भैसेपाटीमा नयाँ मन्त्री निवास बन्दै
सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास सार्ने भएको छ । भैसेपाटीको ९८ रोपनी जग्गामा ४१ वटा आलिसान भवन बनाउँदै मन्त्री निवास सार्ने निर्णय सरकारले गरेको हो । अहिले भइरहेको निवास सन्तोषजनक हुँदा हुँदै पनि ठूलो रकम खर्च गरेर सुविधान सम्पन्न भवन बनाउने निर्णयलाई कतिपयले भने रुचाएका छैनन् ।

नयाँ बन्ने मन्त्री निवास क्षेत्रमा स्विमिङ पुल, हेलिप्याड, जिमखाना, सपिङ महल, कम्युनिटी हल लगायतका सुविधा रहने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । यी भवनहरु यहि विभागले बनाउने छ ।

विभागका विशेष भवन निर्माण संयोजक प्रकिर्ण तुलाधरका अनुसार प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुईबटा प्रवेशद्वार बन्नेछन् । नेपाली परम्परागत शैलीमा बनाइने यी आलिशान भवन अबको दुई वर्ष भित्र बनाइसक्ने विभागको लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण विभागका प्रकिर्ण तुलाधरले जानकारी दिए ।

यस क्षेत्रमा बन्ने ४१ वटा भवन मध्ये मन्त्रीका लागि २४ वटा, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि ३ वटा र सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु बस्ने १४ वटा भवन बनाइने छ ।

भवनहरु बनाउनका लागि भैसेपाटीको १२३ रोपनी जग्गामध्ये ९८ रोपनी प्रयोग गरिने छ । जसमध्ये आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । सरकारले मन्त्रीहरुका लागि सुविधासम्पन्न निवास बनाउन लागेसँगै सर्वसाधारणले भने असन्तुष्टी व्यक्त गरेका छन् ।

शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले यहि गएको असार २० गते र ३१ गते गरेर दुईवटा टेन्डर खोलिसकेको छ । ३० दिनको समय दिएर खोलिएको टेन्डरमा विभिन्न कम्पनीहरुले आवेदन हालेका छन् । टेन्डर पछि प्राविधिक छनोट गर्ने र बाँकी प्रक्रिया पुरा गरेर चाडै नै काम थाल्ने योजना विभागको छ ।

शहरी बिकास तथा भवन निर्माण विभागका अनुसार ९८ रोपनी जग्गामा बन्ने संरचना निर्माणका लागि करीब दुई अर्ब र साँढे २७ रोपनी जग्गामा बन्ने संरचनाका लागि १ अर्ब खर्च लाग्ने छ ।

सोनाक्षी सिन्हा विवादमा मुम्बई।
सोनाक्षी सिन्हाको फिल्म खानदानी शफाखाना विवादमा परेको छ। दिल्लीका सेक्सोलोजिस्ट डा. बिजय एबटले उच्च अदालतमा स्टे अर्डर दाबी गर्दै निवेदन दिएका छन्। जसमा उनले फिल्ममाथि रोक लगाउन माग गरेका छन्। डा. बिजयले टी सीरीज र फिल्मका निर्देशकलाई पनि सूचना पठाएका छन्। फिल्मका निर्देशन शिल्पी दासगुप्ताले गरेका छन् भने फिल्म निर्माता टीसीसीज हो।

यो फिल्म दुई अस्गटमा रिलीज हुँदैछ। भारतीय संचारमाध्यमका अनुसार डा. बिजयले सेन्सर बोर्ड अफ फिल्म सर्टीफिशेकनलाई पनि पत्र पठाएका छन्। यो पत्र विजयका कानुनी सल्लाहकार सिंह एण्ड एसोसिएट्सले पठाएका हुन्। १८ जुलाइमा पठाएको पत्रमा डा विजयका बुवा डा हकिम हरि किशन लालका चर्चित र ख्यातिप्राप्त पारम्परिक खानदानी शफाखानालाई अवैध तरिकाले प्रयोग गरिएको उल्लेख गरेका छ र यसले कपी राइटको उल्लंघन गर्ने बताएका छन्।

डा. बिजय सेक्सोलोजिस्ट डा. हकिम हरि किशनलालका छोरा हुन्। सोनाक्षीले यो फिल्ममा सोक्सोलोजिस्टको भूमिका निर्वाह गरेकी छन्। र, उनी फिल्ममा खानदाी शफाखाना नामको एक क्लिनिक चलाउँछिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?