कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
सारांश
- काठमाडौं।
- निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन्।
काठमाडौं। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए।
त्यस अवसरमा उनले युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको जनाए। यस अघि औद्योगिक घराना केडिया अर्गानाईजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो।प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका सो गु्रपका पदाधिकारीहरुले प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत दिने कार्यमा आफूहरु सरकारलाई सहयोग गर्न सदा प्रतिवद्ध रहेको बताएका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराएकोमा दुवै संस्थाप्रति आधार व्यक्त गरेका थिए।
गत असार २७ गतेबाट ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौले ज्यान गुमाउनु परेको थियो भने दर्जनौं घाइते र हजारौंको संख्यामा विस्थापित भएका थिए। तस्बिर : प्रदीपराज वन्त, रासस
प्रतिक्रिया