विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

सारांश

  • विराटनगर ।
  • विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ ।
  • महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताए ।

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताए ।उनले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गरे । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा बगैँचा र भलाकुसारी गर्ने चौतरामा बनाइएको छ ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत उद्यानको निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो । विराटनगरको सरस्वती टोलमा समेत उद्यान निर्माणको काम भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

यो पनि पढ्नुहोस

पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

बाजुरा। लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ। पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
पीडित पुरुष धाउन थाले अदालत
पीडित पुरुष धाउन थाले अदालत
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा