‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २७, २०७९
|
|
१७ पटक हेरिएको
Shares
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

सारांश

  • काठमाडाैं ।
  • नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ ।
  • प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

काठमाडाैं । नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ । उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित भएको विश्वास नेपाली सेनाको छ ।

उद्घाटनका अवसरमा आज महिलाहरुको एक हजार पाँच सय मिटर र पुरुषहरुको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरुलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम भएका थिए । त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय भएका थिए ।

त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड डौड पूरा गरी रामचन्द्र बानियाँ प्रथम हुनुभयो । मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो हुनुभयो भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा डौड पूरा गरी तृतीय भएका थिए ।

(www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला
माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक मृत फेला
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा
कपालमा किन धेरै पसिना आउँछ ?
कपालमा किन धेरै पसिना आउँछ ?
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
‘प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी’-प्रचण्ड
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?

तपाईंले छुटाउनुभयो कि?