दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली

सारांश

  • मोरङ,असार २४ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टलाई देखेर आफू अचम्मित भएको बताएका छन् ।
  • विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसको रिजल्टले चकित बनाएको बताए ।
  • आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट ल्याएको उनले बताए ।

मोरङ,असार २४ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टलाई देखेर आफू अचम्मित भएको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसको रिजल्टले चकित बनाएको बताए । आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट ल्याएको उनले बताए ।

एमालेले ल्याएको दोस्रो चरणको निर्वाचनमा धनकुटा बाहेकको जिल्लाको परिणामबाट आफू सन्तुष्ट नभएको बताए । अब तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?