बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)

सारांश

  • काठमाडौं ।
  • पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् ।
  • बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु रियल लाइफमा होइन रिल लाइफमा बेहुली बनेकी हुन ।

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् । बिशेष गरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु रियल लाइफमा होइन रिल लाइफमा बेहुली बनेकी हुन । उनी भिडियोका लागि मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् ।

राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छि हे कान्छि’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका छन् । कृष्ण भक्त महर्जनको शब्द, संगीत रहेको गीत हरी शरण सायामीले एरेन्ज गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफि गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केहि कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् । आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् ।

‘कतिपय दर्शकले मैले बेली डान्स मात्र गर्छु भन्ने बुझ्नुहुन्छ उहाँहरुका लागी यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् । यस्तै म्युजीक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन्, म्युजीक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’

यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेली भन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए । भिडियो यसैसाता भित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ
अमेरिकाः ३ लाख १२ हजार नयाँ रोजगारी सृजना
अमेरिकाः ३ लाख १२ हजार नयाँ रोजगारी सृजना
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
भैँसी चोरेको आरोपमा पक्राउ
भैँसी चोरेको आरोपमा पक्राउ
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने
पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा
पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा

तपाईंले छुटाउनुभयो कि?