उड्डयन क्षेत्रको विकासका लागि मन्त्री भट्टराईका योजना यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
३० पटक हेरिएको
Shares
उड्डयन क्षेत्रको विकासका लागि मन्त्री भट्टराईका योजना यस्ता छन्

सारांश

  • काठमाण्डौ ।
  • नेपालको नागरिक उड्डयन क्षेत्र अस्तव्यस्त छ ।
  • नेपाल वायु सेवा निगमले न पार्यप्त जहाज खरिद गर्न सक्छ, न भएको जहाज उडाउन नै सक्छ ।

काठमाण्डौ । नेपालको नागरिक उड्डयन क्षेत्र अस्तव्यस्त छ । नेपाल वायु सेवा निगमले न पार्यप्त जहाज खरिद गर्न सक्छ, न भएको जहाज उडाउन नै सक्छ ।
सधैँभरी कमिसन र भ्रष्टाचारले यो क्षेत्र कमजोर मात्रै होइन, बदनामसमेत हुँदै आएको छ । पहिलो पटक मन्त्री बनेका योगेश भट्टराईले उड्डयन क्षेत्र सुधारका लागि विभिन्न योजना ल्याउनुभएको छ ।

पर्यटन, रेमिट्यान्स र वैदेशिक अनुदान देशको अर्थतन्त्रका प्रमुख स्रोत हुन् । तर, यी क्षेत्रले पनि बढ्दो निर्यात घाटा धान्न सकेका छैनन् । देशको अर्थतन्त्र घाटामा छ । अर्थतन्त्र सुधारमा सबैभन्दा बलियो पक्ष पर्यटनलाई मानिएको छ ।

तर, २०६२–६३ पछि बनेका सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पर्यटन क्षेत्रमा खासै सुधार ल्याउन सकेका छैनन् । कतिपय मन्त्री विवादमा परेसँगै पूरा कार्यकाल काम गर्न पाएनन् ।

विमानदेखि विमानस्थलसम्म अलपत्र हुँदा उड्डयन क्षेत्र अस्तव्यस्त छ । यसैबीच नवनियुक्त पर्यटनमन्त्री भट्टराईले निगमको समस्या पहिचान गरी सुधारका उपाय दिन कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिबेदन बुझाउन समय दिइएको छ । मन्त्री भट्टराइले निगममाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

संचालन भइरहेका र बन्दै गरेका सबै विमानस्थललाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ । त्यस्तै मन्त्री भट्टराईले तोकिएको समयमा प्राप्त जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

मन्त्री भट्टराईले फ्लाईङ स्कुल अर्थात् उडड्यन विद्यालय स्थापना गर्ने योजना पनि सार्वजनिक गर्नु भएको छ । देशभित्रै पाईलट उत्पादन गर्न र उनीहरुलाई तालीम दिने योजना उहाँको छ ।

जनस्तरबाट राम्रो कामको अपेक्षा अपेक्षा गरिएका युवामन्त्री भट्टराईको नेतृत्वमा पर्यटन क्षेत्रको सुधार हुने अपेक्षा धेरैले गरेका छन् । सुरुवाती चरणमा उहाँले गरेका प्रयास पनि सकारात्मक छन् । कार्यान्वयनको पाटो कति सफल हुन्छ, त्यो भने समयले नै देखाउला ।।

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”

मुख्यमन्त्री राउतले भने,“लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।”

त्यसैगरी प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।

चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।

महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए । मेयरले करिब करोर्डौ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्।

यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन्। आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?