महिला तथा बालबालिकाको उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
५० पटक हेरिएको
Shares
महिला तथा बालबालिकाको उद्धार

सारांश

  • बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।
  • यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।
  • सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं।

बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं। ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका छन् । तीमध्ये १३६ जनाको सकुशल उद्दार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्दार गरिएको छ ।

यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा गरेको माइती नेपालले जनाएको छ । त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाले भन्नुभयो ।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्दार सङ्ख्यासमेत बढेको छ ।राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ छ ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ । मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।साथै जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्दार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनस्र्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्दार, पुनस्र्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
टर्कीए भूकम्पः झण्डै आठ हजार जनाको मृत्यु
टर्कीए भूकम्पः झण्डै आठ हजार जनाको मृत्यु
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
फोरमका कारण सरकारले पूर्णता पाउन सकेन, कुरा सीमा हेरफेरमा अल्झियो
फोरमका कारण सरकारले पूर्णता पाउन सकेन, कुरा सीमा हेरफेरमा अल्झियो
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)