काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
सारांश
- काठमाडौ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौ रक्सौल जोड्ने रेलका प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण ब्रोड गेज लाईन समझदारी पत्र आदान प्रदान भएको छ।
- बिमस्टेक सम्मेलनमा आएका बेला प्रधानमन्त्री ओली र मोदीबीच दुईपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो ।
- एक वर्षभित्र प्रतिवेदन दिने गरी समझदारीअनुरुप इन्जिनियरिङ एव ट्राफिक सर्वेक्षण गर्ने जिम्मा भारतको कंकोण रेल्वे कर्पोरेशनलाई दिइएको छ।
काठमाडौ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौ रक्सौल जोड्ने रेलका प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण ब्रोड गेज लाईन समझदारी पत्र आदान प्रदान भएको छ।
बिमस्टेक सम्मेलनमा आएका बेला प्रधानमन्त्री ओली र मोदीबीच दुईपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो । एक वर्षभित्र प्रतिवेदन दिने गरी समझदारीअनुरुप इन्जिनियरिङ एव ट्राफिक सर्वेक्षण गर्ने जिम्मा भारतको कंकोण रेल्वे कर्पोरेशनलाई दिइएको छ।
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमण २०७४ चैत्र २४ मा भारतीय सहयोगमा रक्सौल–काठमाडौ विद्युतीय रेलसेवा सञ्चालन गर्ने समझदारी भएको थियो।
पहिलो चरणमा सर्वेक्षण हुनेछ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदनका आधारमा लगानीको मोडालिटी तय हुने नेपालस्थित भारतीय दुतावासले जनाएको छ। रक्सौल काठमाडौ रेलमार्गले दुवैदेशबीचको संबन्ध र आर्थिक प्रवद्र्धन र द्विदेशीय सम्बन्ध विस्तारमा योगदान पुराउने अपेक्षा गरिएको छ।
शुक्रबारै प्रधानमन्त्री ओली र मोदीले भारतले बनाइदिएको पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरे । २२ करोड रुपैयाँमा ४ सय शैयाको धर्मशाला बनाइएको हो ।
Basant Adhikari
Lalipop