अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

सारांश

  • चितवन।
  • देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ।
  • सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ।

चितवन। देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो। घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो।

मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो। शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उनले जानकारी दिए। अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए। पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन्।

अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । घटना शुक्रबार भएको हो। बिहीबार ती बच्चा जन्मिएका थिए। गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो।

यो पनि पढ्नुहोस

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
घोराही। दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ। सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए।

बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो। आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो। सो आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।

सो घटना कसले र किन गराएको भन्ने खुल्नमा नआए पनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। अहिले त्यहाँ प्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको पनि उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द
काफल बेचेर दैनिक दुई हजार आम्दानी
काफल बेचेर दैनिक दुई हजार आम्दानी
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय