सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु

सारांश

  • काठमाण्डाैँ, मंसिर २९ ।
  • सरकारबाट बाहिरिन लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरे सबैकाे मन छुने काम गरेका छन् ।
  • सरकारले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको छ ।

काठमाण्डाैँ, मंसिर २९ । सरकारबाट बाहिरिन लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरे सबैकाे मन छुने काम गरेका छन् ।सरकारले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको छ । मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने तयारी सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले भत्ताको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । मदिरा र सुर्तीजन्य पदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई त्यसबाट उठ्ने रकमबाट गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी भएको हो ।

क्यान्सर र मिर्गौलाका बिरामीको उपचार लामो समय गर्नुपर्ने र काम गर्न नसक्ने हुँदा सरकारले मासिक खर्च दिने तयारी गरेको स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “मन्त्रालयले प्रस्ताव तयार गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्छौं । मन्त्रालयले चालू आर्थिक वर्षमा यसका लागि ७८ करोड रुपैयाँ बजेटसमेत छुट्याइसकेको छ ।

मन्त्रालयका सहसचिव भोलामान श्रेष्ठका अनुसार क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउनेछन् । “खर्चको व्यवस्थापन चुरोट तथा रक्सी बिक्रीमा थप कर लगाई गर्ने योजना छ,” उनले भने ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १ सय ४२ जनाले निःशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निःशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । त्यस्तै, ८ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन् ।sudur khabar bata

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?