टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २७, २०७६
|
|
३१ पटक हेरिएको
Shares
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत

सारांश

  • काठमाडौं ।
  • सन् १९१२ अप्रिल १५ मा विश्वकै सबैभन्दा विशाल जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको पुग्यो ।
  • त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्यान गुमाएका थिए ।

काठमाडौं । सन् १९१२ अप्रिल १५ मा विश्वकै सबैभन्दा विशाल जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको पुग्यो । त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्यान गुमाएका थिए ।उक्त घटनामाथि हजारौं फिल्म र डकुमेन्ट्रीहरु बने पनि हलिउड निर्देशक जेम्स क्यामरुनले बनाएको फिल्म टाइटनिक आजसम्म पनि विश्वकै सर्वाधिक रुचाइएको र धेरै हेरिएको फिल्म मध्ये पर्छ । वास्तविक घटनामा आधारित उक्त फिल्म अहिलेपनि युरोपका केहि देशमा फिल्म हलमा बेला बेला प्रर्दशनमा लाग्ने गर्छ ।

लियोनार्दो डि क्याप्रियो र क्याट विन्सलेट अभिनित उक्त फिल्म १ नोभेम्बर १९९७ मा बनेको हो । फिल्म बनाउन कूल लागत १२५० करोड अमेरिकी डलर लागेको थियो । तर त्यसले १४ हजार करोडभन्दा अधिक कमाई गरेको थियो । यसरी एघार गुणा बढी कमाइ गरेको यो फिल्म कमाईका लागि मात्र नभएर यसले प्राप्त गरेको अवार्डका लागि पनि उच्च स्थानमा छ ।यस फिल्मका लागि रिल सर्वाधिक प्रयोग भएको थियो । पर्दामा फिल्मलाई जुन महासागरमा देखाइएको थियो, वास्तवमा त्यो एउटा तीन फीट गहिरो स्वीमिङ पुल थियो । फिल्मका दृश्यहरु बन्द कोठामा एनिमेसनको सहयोगबाट छायाँकन गरिएको थियो । फिल्म १४ विधामा ओस्कार अवार्डका लागि चुनिन सफल पनि भयो । जसमा ११ विधामा यसले अवार्ड प्राप्त गरेको थियो ।यस फिल्मको नाम टाइटनिक राख्न अघि ‘प्लानेट आइस’ राख्न लागिएको थियो ।

फिल्ममा पानीको सिनमा अभिनेत्री केटलाई चिसो कपडा लगाउनु पर्ने थियो । जसका कारणले उनी निमोनियाबाट ग्रसित भएकी थिइन् । फिल्म टाइटनिकको लागत वास्तविक जहाजको भन्दा धेरै गुणा ज्यादा थियो ।फिल्ममा मर्ने रियल लाइफ कपलको नाम इसिडार र इडा स्ट्रास थियो । इडाले बाँच्ने मौका पाएकी थिइन् तर उसले इसिडारलाई छोड्नभन्दा मर्न नै मन पराइन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता
पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो :  सभापति देउवा
राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता हो : सभापति देउवा
दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
कोरोनाबाट आज ३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?