भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु

सारांश

  • भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएको छ ।
  • काश्मिरमा पर्ने दुवै देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा सैनिकहरुको हताहती भएको हो ।
  • पाकिस्तानले आफ्नो तीन सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएको छ । काश्मिरमा पर्ने दुवै देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा सैनिकहरुको हताहती भएको हो ।पाकिस्तानले आफ्नो तीन सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । दुई देशको नियन्त्रण रेखा अर्थात लाइन अफ कन्टोलमा दोहोरो भिडन्तमा उनीहरुको मृत्यु भएको हो ।

दोहोरो भिडन्तमा पाँच भारतीय सैनिकको ज्यान गएको भनिएपनि पुष्टि भएको छैन । भारतले यसको खण्डन गरेर आफ्नोतर्फ कुनै हताहती नभएको जनाएको छ ।काश्मिरलाई प्रदान गर्दै आएको विशेष राज्यको अधिकार खारेजपछि पछिल्लो घटना भएको हो । पछिल्लो समय दुवै देशबीच तनाव बढेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?